घट्दैछ पुस्तकको आयात : मुलुक ढुङ्गेयुगतर्फ जाने संकेत
इन्द्र रिजाल
साउन ५, २०७६ आइतबार ७:४१:०
काठमाडौं । कुनैपनि वस्तु वा सेवाका सबै आयातहरु मुलुकका लागि हानिकारक हुँदैनन् । त्यो आयातमा पुस्तकको आयात पनि पर्दछ । जसका घरमा सुलक्षणको बास हुन्छ, त्यो घरमा मानिसहरु विदेशबाट आउँदा कुनै न कुनै पुस्तक बोकेर आउँछन् । कुनै मुलुकमा पुस्तकको आयात बढ्यो भने त्यो मुलुक प्रगतिपथमा लम्कन लागेको छ भनेर बुझ्नुपर्छ ।
विश्वका राम्रा राम्रा विश्वविद्यालयका अनुभवी प्राध्यापकहरुबाट लिखित पुस्तकहरु पढ्नुको साटो गेसपेपर र गाईड पढेर परीक्षा उतीर्ण हुने संस्कार भएको मुलुकमा किताबको आयात घट्दो क्रममा रहनु कुनै आश्चर्यको विषय पनि होइन । विद्या र ज्ञानको प्रणाली पुरै ध्वस्त भएको, गुरु शिष्य परम्परा समुल नष्ट भई सकेको र शिक्षाका केन्द्रहरु विकृतिका अखडा भईरहेको सन्दर्भमा देशमा किताबको माग कम हुुनु स्वभाविक पनि हो ।
परन्तु नेपालमा भने ठीक उल्टो देखिएको छ । पढ्ने विद्यार्थी बढेका छन्, शिक्षालयहरु बढेका छन् तर पुस्तक र पत्रपत्रिकाको आयात भने घट्दो क्रममा छ । पढेर हात्ती ठूलो भएको हो र ? नपढेर कमिला सानो भएको हो भन्ने तर्कशास्त्रीहरुको बाहुल्यता भएको नेपाली समाजमा किताबको महत्व घट्दै गएको यो तथ्यांकबाट पुष्टि हुन्छ । परिणामस्वरुप नेपालमा पुस्तकको आयात घट्दै गएको छ । उता विश्वका अन्य देशमा गत तीनवर्षको अवधिमा पुस्तकको आयातमा बृद्धिको अवस्था विद्यमान रहेको देखिन्छ ।
विश्वका राम्रा राम्रा विश्वविद्यालयका अनुभवी प्राध्यापकहरुबाट लिखित पुस्तकहरु पढ्नुको साटो गेसपेपर र गाईड पढेर परीक्षा उतीर्ण हुने संस्कार भएको मुलुकमा किताबको आयात घट्दो क्रममा रहनु कुनै आश्चर्यको विषय पनि होइन । विद्या र ज्ञानको प्रणाली पुरै ध्वस्त भएको, गुरु शिष्य परम्परा समुल नष्ट भई सकेको र शिक्षाका केन्द्रहरु विकृतिका अखडा भईरहेको सन्दर्भमा देशमा किताबको माग कम हुुनु स्वभाविक पनि हो ।
पहिले पहिले नेपालमा पनि ठूलाबडाहरु जमघट हुँदा विद्धान र तिनले लेखेका पुस्तकहरुको चर्चा हुन्थ्यो । प्राध्यापकहरु आफू पनि अध्ययन गर्थे र आफ्ना शिष्यहरुलाई पनि ती पुस्तकहरु किनेर पढ्न र संग्रह गर्न उत्प्रेरित गर्थे । यो संस्कार आज नेपालमा पुर्णतया लुप्त भएको छ । यस अवस्थामा पुस्तकको माग कम हुनु स्वभाविक हो । पढेर हैन जेनतेन उपाधी हासिल गर्ने प्रथा प्रबल भईरहँदा देशमा पुस्तकको आयात घट्दो छ । हुन पनि सिनियरहरुका नोट पढेर उपाधी हासिल गर्ने नेपालमा पुस्तकहरुको माग कम हुनु स्वाभाविक पनि हो ।
त्यत्ति दुरदृष्टि नभए पनि भविष्य राम्रो बनाउँछु भन्ने बुद्धिमत्तायुक्त अर्को वर्ग भारतका विश्वविद्यालयका अनुभवी प्राध्यापकहरुले लेखेका पुस्तकहरु पढ्ने गर्दछन् । नेपालको पुस्तक आयातको यो आयाम बडो चाख लाग्दो छ । नेपालमा मेधावी वर्गले स्थापना गरेका निजी पुस्तकालयहरुमा पश्चिमी गोलार्धमा लिखित र भारतमा लिखित पुस्तकहरुको बाहुल्यता हुन्छ । साथीभाईहरुको अनुरोध टार्न नसकी वा विमोचन समारोहमा प्राप्त भएका केही एकाध नेपाली पुस्तकहरु बाहेक उनीहरु आफ्ना निजी पुस्तकालयमा नेपाली पुस्तकहरु राख्न चाहँदैनन् ।
कुनै समय थियाे, ज्ञानको उद्गम आयार्वत क्षेत्र हुन्थ्यो । समय क्रमसँगै त्यो गुरुत्व ग्रीसतिर सर्यो । अहिले ज्ञानमा ग्रीस सभ्यताको स्थान युरोप र अमेरिकी महाद्विपमा सरेको छ । ज्ञानको उद्गम यही क्षेत्रमा हुन्छ र त्यो ज्ञान विस्तारै विश्वका अन्य भागमा प्रसारित हुने गर्दछ । कुनै नयाँ आविष्कार, विचारको प्रादुर्भाव र दृष्टिकोणहरु पश्चिमी गोलार्धबाट शुरु हुन्छ । पश्चिमी गोलार्धले स्थापित गरेको तर्कशास्त्र र अनुसन्धान विधिमा आधारित नविनतम निचोडहरु पनि बेजोड पाराले त्यही भूमिबाट प्रसारित हुन्छ । त्यसैले विश्वको कुनैपनि बुद्धिमान समाजले शिक्षा प्राप्तिको पहिलो रोजाई पश्चिमी गोलार्धलाई बनाउने गर्दछन् । त्यो संभव नभएको खण्डमा पश्चिमी विश्वविद्यालयका गुरु शिष्य परम्पराबाट सिर्जित र लिखित अव्बल दर्जाका पुस्तकहरु खरिद गरी ती पुस्तकहरुमार्फत आफूलाई नविनतम ज्ञानबाट सुसज्जित गर्ने परम्परा हाल एक संस्कृतिका रुपमा नै विकास भईसकेको छ ।
नेपाली लेखकहरुको पुस्तकको नाम लिएको उदाहरण बिरलै पाइन्छ । यो परिस्थितिमा एउटा सीमित वर्ग अझैपनि पश्चिमी गोलार्ध तथा भारतका पुस्तकहरु प्रति आकर्षित छ र त्यही वर्गले पुस्तक आयातको एउटा महत्वपूर्ण अंश ओगटी रहेको छ । त्यो वर्ग पनि ह्रासोन्मुख स्थितिमा छ ।
नेपालको सन्दर्भमा हेर्दा पनि ज्ञान पश्चिमी गोलार्धबाट भारतमा आईपुग्छ र भारतबाट त्यो ज्ञान नेपाल आउने गर्दछ । त्यसैले पश्चिमी गोलार्धमा लेखिएका पुस्तकहरु किनेर पढ्ने एक दुरद्रष्टि वर्ग नेपालमा छ । त्यत्ति दुरदृष्टि नभए पनि भविष्य राम्रो बनाउँछु भन्ने बुद्धिमत्तायुक्त अर्को वर्ग भारतका विश्वविद्यालयका अनुभवी प्राध्यापकहरुले लेखेका पुस्तकहरु पढ्ने गर्दछन् । नेपालको पुस्तक आयातको यो आयाम बडो चाख लाग्दो छ । नेपालमा मेधावी वर्गले स्थापना गरेका निजी पुस्तकालयहरुमा पश्चिमी गोलार्धमा लिखित र भारतमा लिखित पुस्तकहरुको बाहुल्यता हुन्छ । साथीभाईहरुको अनुरोध टार्न नसकी वा विमोचन समारोहमा प्राप्त भएका केही एकाध नेपाली पुस्तकहरु बाहेक उनीहरु आफ्ना निजी पुस्तकालयमा नेपाली पुस्तकहरु राख्न चाहँदैनन् ।
विभिन्न नेपाली विद्धानहरुलाई तपाई कुन पुस्तक बढी रुचाउनु हुन्छ भन्ने प्रश्नकको जवाफमा अधिकांशको जवाफ पश्चिमी गोलार्धमा लिखित पुस्तकहरु र केही भारतीय विद्धानहरुले लेखेका पुस्तकरु नै उल्लेख गर्ने गर्दछन् । नेपाली लेखकहरुको पुस्तकको नाम लिएको उदाहरण बिरलै पाइन्छ । यो परिस्थितिमा एउटा सीमित वर्ग अझैपनि पश्चिमी गोलार्ध तथा भारतका पुस्तकहरु प्रति आकर्षित छ र त्यही वर्गले पुस्तक आयातको एउटा महत्वपूर्ण अंश ओगटी रहेको छ । त्यो वर्ग पनि ह्रासोन्मुख स्थितिमा छ ।
यही क्रम जारी रहेमा नेपालमा पुस्तकको माग अझ घट्ने र गाईडबुके र गेसपेपरे पूस्ताको सिर्जना हुने निश्चित छ । त्यसबेला नेपालमा पुस्तकालयहरुमा किताब हुने छैनन्, गाईड र गेसपेपर हुनेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार