नवलपरासीमा कहाँ–कहाँ हुन्छ यौनधन्दा ? प्रहरीले छापा मार्दा १० जना पक्राउ
इन्द्र रिजाल
साउन ७, २०७६ मंगलबार ६:२४:३१
काठमाडौं । पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ । अवैधानिकरूपमा गरिने यस्ता क्रियाकलापलाई कुनै पनि हालतमा छुटकारा नदिने प्रहरीले बताएको छ ।
सोमबार मात्रै होटलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको अभियोगमा प्रहरीले एक होटल सञ्चालकसहित १० युवायुवतीलाई नियन्त्रणमा लिएको छ । बर्दघाट नगरपालिका–२ चिसापनीस्थित न्यू शीतलपाटी स्टाफ होटल रेष्टुरेण्ट एण्ड लजबाट अवैध यौन क्रियाकलाममा संलग्न छ पुरुष र चार महिलासहित होटल सञ्चालक रमेश कोइरालालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
उक्त होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा प्रहरीले केही दिनदेखि निगरानी गरी सोमबार विशेष सूचनाको आधारमा छापा मारेको थियो । पक्राउ परेकाहरु विरुद्ध कानूनबमोजिम आवश्यक कारवाहीका लागि अनुसन्धान चलिरहेको प्रहरीको भनाइ छ ।
यसअघि पनि प्रहरीले जिल्लाका विभिन्न होटलबाट यस्ता क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गर्दै आएको छ । तर पक्राउ परेलगत्तै छुट्ने हुँदा यस्ता गतिविधि नियन्त्रण नभएको सरोकार भएकाहरु बताउँछन् । विशेषगरी जिल्लाको सुनवल, भूमही, बर्दघाटलगायतका स्थानमा सञ्चालनमा रहेका होटलमा यस्तो धन्दा बढेको बताइएको छ । सदरमुकाम परासीमा पनि केही होटलमा अवैधरूपमा यस्ता गतिविधि हुने गरेको स्थानीयवासी बताउँछन् ।
धेरै होटलले काम गर्न भनेर राख्ने तर यौनधन्दा गर्न बाध्य पार्ने गरेका छन् भने कतिपय युवती बढी पैसाको प्रलोभनमा परेर यस्तो धन्दामा फस्ने गरेको प्रहरीको अनुसन्धानले बताएको छ । प्रहरीले यस्ता क्रियाकलाप निस्तेज पार्न सक्रियताका साथ लागिपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकाठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
गुल्मीमा ट्रयाक्टर दुर्घटना, सहचालकको मृत्यु
माघ २०, २०८१ आइतबार
महोत्तरीको जलेश्वर कारागारमा एकजना कैदीको मृत्यु
माघ २०, २०८१ आइतबार
आज विश्व सिमसार दिवस मनाइँदै
माघ २०, २०८१ आइतबार
झापामा कुटपिटबाट एक जनाको मृत्यु
माघ २०, २०८१ आइतबार
रायो, पालुङ्गो, चमसुर, तोरी र मेथीको साग सस्तियो, अन्य तरकारीको मूल्य कस्तो छ ?
माघ २०, २०८१ आइतबार
१२ किलोको काउली फलाएका खत्री भन्छन्– ‘विदेश जाने सोच कहिले पनि आएन’
माघ २०, २०८१ आइतबार