राष्ट्रिय परिचयपत्र लिनका लागि ८६ हजारको आवदेन
नेपालबहस संवाददाता
साउन १०, २०७६ शुक्रबार १९:५:७
पाँचथर । पाँचथरमा हालसम्म ८६ हजार जिल्लावासीले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा ८६ हजार दुई जनाले उक्त परिचयपत्रका लागि आवेदन दिएका हुन् ।
सरकारले गत आर्थिक वर्षमा एक लाख १० हजार पाँचथरवासीको विवरण सङ्कलन गर्ने लक्ष्यका साथ पाँचथरबाट उक्त परिचयपत्रका लागि विवरण सङ्कलन गरेकामा अधिकांश युवा वैदेशिक रोजगारीको सिलसिलामा जिल्ला बाहिर रहनाका साथै अन्य कारणले लक्ष्यभन्दा २४ हजार कम जिल्लावासीले विवरण दर्ता गराएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक बुलेटिनअनुसार सो अवधिमा ८३ हजार १०२को राष्ट्रिय परिचयपत्र छपाइ भएको र तीमध्ये ५७ हजार ७९३ जनाले आफ्नो परिचयपत्र बुझेर लगिसकेका छन् ।
उक्त परिचयपत्रका लागि जिल्लाका सबै वडामा विवरण सङ्कलन शिविर र राष्ट्रिय परिचयपत्र वितरण शिविर आयोजना गरिएको थियो ।
शिविरमा परिचयपत्र लिन नआएका तथा शिविरपछि विवरण दर्ता गराएकाहरुले समेत परिचयपत्र लगेका छैनन् । जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रमाणपत्र तथा राहदानीको लागि आवेदन गर्ने बित्तिकै सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन आग्रह गरिए पनि विवरण दर्ता गराएकाहरु त्यसको उपयोगिता नदेखेर राष्ट्रिय परिचयपत्र लिनलाई मात्रै नआउने गरेको फिल्ड कार्यालयले जनाएको छ ।
नेपालमै पहिलोपटक गत वर्षको असार ५ गते पाँचथरबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु भएको थियो । यसरी सङ्कलित विवरणका आधारमा राष्ट्रिय परिचयपत्र छपाइ भएपछि गत मङ्सिर ३ गतेदेखि वितरण शुरु गरिएको थियो । अहिले उक्त परिचयपत्रका लागि विवरण सङ्कलन तथा तथा वितरणको कार्य सबै प्रदेशका विभिन्न जिल्लामा शुरु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार