अब सामाजिक सन्जालमा विज्ञापनको आधिकारिकता खोजिने
नेपालबहस संवाददाता
साउन १२, २०७६ आइतबार २०:१४:४६
काठमाडौं । सामाजिक सन्जालबाट गरिने विज्ञापनमा पनि आधिकारिकता खोजिने भएको छ । विज्ञापन नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलको क्रममा संसदको विकास तथा प्रविधि समितिले सामाजिक सन्जालमा गरिने विज्ञापनमा पनि आधिकारिकता खोज्ने विषयमा सहमति जुटाएको हो ।
विधेयकको दफा १२ मा आधिकारिक रुपमा जानकारी नभइ विज्ञापन गर्न नहुने विषय उल्लेख छ । विज्ञापन प्रकाशन वा प्रसारण गर्ने विद्युतीय अनलाइन, छापा वा सञ्चार माध्यमले विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको जानकारी नभइ विज्ञापन गर्न नहुने व्यवस्था विधेयकमा छ ।
त्यसमा सांसदहरुले सामाजिक सन्जाललाई पनि समेट्नु पर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेका थिए । आइतबारको विकास समितिको बैठकमा पनि सांसदहरुले यो विषय उठाएका थिए ।
बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सामाजिक सन्जाललाई पनि समेट्दा केही फरक नपर्ने भनेपछि समितिले त्यसलाई पास गरेको हो ।
यससँगै सामाजिक सन्जालमार्फत् गरिने विज्ञापनमा पनि अब विज्ञापनकर्ताको नाम, ठेगाना र आधिकारिकताको बारेमा प्रष्ट उल्लेख गर्नुपर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार