देशका केही ठाउँमा आज बाढी आउने खतरा, सतर्क रहन आग्रह !
नेपालबहस संवाददाता
साउन १३, २०७६ सोमबार १६:३२:४५
काठमाडौं । आज देशका केही भागमा पानी परिरहेकाले बाढी आउन सक्ने भन्दै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सुदूर पश्चिमका केही भू–भागमा परेकाले अहिले पनि सुदूर पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । दिउँसो भने देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।
पानी पर्ने सम्भावना कायमै रहेकाले नदी तटीय क्षेत्रमा सतर्क भएर बस्न महाशाखाले आग्रह गरेको हो । सोमबार विशेष गरी ताप्लेजुङ, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा र लमजुङ जिल्ला तथा यस आसपासका जिल्लाका नदी तथा खहरेको बहाव उल्लेख्य बढ्ने देखिएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको हो ।
यसैबीच, केही दिन सक्रिय रहेको मनसुन विस्तारै कम सक्रिय हुँदै गएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतर्फ भएकाले नेपालमा मनसुनी गतिविधि कम सक्रिय हुँदै गएको हाे ।
तर केहीदिनमा मनसुन फेरि सक्रिय भएर देशभर पानी पर्ने भएको छ । आज काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आशिंकदेखि सामान्य बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सुदूर पश्चिमका केही भूभागमा परेकाले अहिले पनि सुदूर पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । दिउँसो भने देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न ठाउँमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार