१३ औं साग खेलको खेल स्थल टुङ्गो लाग्यो
नेपालबहस संवाददाता
साउन १३, २०७६ सोमबार १८:४६:६
काठमाडौ । नेपालमा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा समावेश २७ खेलको खेल हुने स्थलको टुङ्गो लागेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागमा समावेश गरिएका २७ खेलको खेल स्थलको टुङ्गो लगाएको हो ।
राखेप सदस्य सचिव रमेश सिलवालसहित संघका पदाधिकारी र प्राविधिक सहितको टोलीले सम्पुर्ण खेल स्थलको निरिक्षण गरेर प्रारम्भिक रुपमा २७ खेलको खेल हुने स्थान पक्का गरेको छ । सोही अनुसार खेल स्थलको मर्मत सम्भार, निर्माण र रंगरोहनको आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको राखेपले जनाएको छ ।
सरकारले नेपालमा आयोजना हुने सागलाई काठमाडौं उपत्यका सहित पोखरामा सञ्चालन गर्दैछ । अधिकाश खेल काठमाडौंमा सञ्चालन भएपनि महिला फुटबल सहित सात खेल पोखरामा हुने भएको छ ।
ललितपुरको सातदोबाटोस्थित कराँतेको नवनिर्मित भवनमा कराँते र बक्सिङ तथा तेक्वान्दो भवनमा कुस्ती र तेक्वान्दोका खेलहरु सञ्चालन हुनेछन् । त्यस्तै, सातदोबाटो परिसरमै सुटिङ, पौडी, स्क्वास, टेनिसका खेलहरु सञ्चालन गरिनेछ । दशरथ रंगशालामा पुरुष फुटबल सहित एथ्लेटिक्सका अधिकांश प्रतिस्पर्धाहरु सञ्चालन गर्ने राखेपले जनाएको छ । साईकिलिङका लागि जगडोलको शहिद पार्कलाई खेल स्थलको रुपमा उपयोग गरिने भएको छ भने काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा बास्केटबल र व्याटमिन्टनका खेलहरु सञ्चालन हुने भएको छ । लैनचौरमा रहेको टेबलटेनिस हलमा टेबलटेनिस तथा मुलपानी र कीर्तिपुर मैदानमा क्रिकेटका खेलहरु सञ्चालन गर्ने तय भएको छ ।
राखेपले खोखो र कबड्डी खेलका लागि काठमाडौंको भृकुटी मण्डपलाई खेल स्थलको रुपमा टुङ्गो लगाएको छ । गल्फ गोकर्ण गल्फ क्लबमा सञ्चालन गर्दा उसु र तेक्वान्दोका खेलहरु भने लगनखेलस्थित आर्मीको कभर्डहलमा सञ्चालन गरिनेछ । फेन्सिङ लागि खेल स्थलको टुङ्गो लाग्न बाँकी छ । तर पुलिसको निर्माणाधिन कभर्डहललाई सम्भावित खेल स्थलको रुपमा हेरिएको छ । त्यसको विकल्पमा आर्मीको कभर्डहल, भृकुटी मण्डप र त्रिपुरेश्वरको कभर्डहललाई सम्भावित खेल स्थलको रुपमा प्रयोग गरिनेछ ।
त्यस्तै, पोखरामा भने सागका ७ खेलहरु आयोजना हुनेछन् । पोखरामा रंगशलामा महिला फुटबल सञ्चालन गरिनेछ । रंगशालाको कभर्डहलमा आर्चरी, भलिबल, ह्याडबलका स्पर्धाहरु सञ्चालन गरिने राखेपले जनाएको छ । त्यस्तै पोखराको सभा गृहमा भारत्तोलन, फेवातालमा ट्रायथलन र प्याराग्लाईडिङका खेलहरु सञ्चालन हुनेछन् ।
१३ औ संस्करणको साग नेपालमा मंसिर १५ देखि २५ सम्म आयोजना हुदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
त्रिकोणात्मक टी-२० सिरिज: आज नेपाल र क्यानडा खेल्दै
असोज १२, २०८१ शनिबार
साफ यू–१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपल भारतसँग खेल्दै
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार