अब काठमाडौं–जापान उडान छत्तिस हजारमै !
नेपालबहस संवाददाता
साउन १३, २०७६ सोमबार १९:४३:६
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ‘नेपाल एयरलाइन्स’ को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ ।
आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौं–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो ।
उक्त गन्तव्यमा दुईतर्फी भाडा ७२ हजार ८१४ कायम गरिएको छ । निगमको यो प्रवद्र्धनात्मक भाडा हो । दशैँअघि पुनःअर्को भाडादर निर्धारण गरिने जनाइएको छ ।
निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने योजना बनाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।
निगमले वाइडबडी ए–३३० जहाजमार्फत ओसाका उडान गर्नेछ । काठमाडौं–जापान उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौं साढे सात घण्टाको उडान हुनेछ । निगमको उडान तालिकाअनुरुप एनए ४११ उडान नम्बरको जहाज काठमाडौंबाट ओसाका दिउँसो २ः३० बजे उडेर ओसाकाबाट राति ११ः५५ बजे काठमाडौं अवतरण गर्नेछ ।
वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो । गत असार र साउन महीनामा निगमले खरीद गरेका दुई वाइडबडी जहाजले पुरानै छोटो दूरीको गन्तव्यमा पालैपालो उडान भर्दै आएका थिए ।
निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण ‘क्यान’ बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र ‘एओसी’ पाएको थियो । निगमले चीन, जापान, कोरिया र साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार वाइडबडी जहाज भित्र्याएको थियो ।
निगमले एकदशकअघि जापान उडान बन्द गरेको थियो । चीनको साङ्घाइबाट ओसाकाको कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो ।
नेपाल–जापानबीचको द्विपक्षीय हवाई सम्झौताअनुसार निगमले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछन् । विसं २०७५ पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल भ्रमणमा आएका बेला हप्तामा १४ उडान भर्ने गरी काठमाडौं–नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जापान सिभिल एभिएसन ब्यूरो ९जेक्याब० लाई पत्राचार गरेको थियो ।
जापानकै अर्को मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थमा उडान गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेशिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार
रवि र छबीसहित ५ जनालाई कास्की अदालतका न्यायाधीश राईको इललासमा बयान गराइने
पुष ८, २०८१ सोमबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार