नेकपाको सचिवालय बैठक बस्दै, विभाग गठनका विषयमा हाेला त सहमति ?
नेपालबहस संवाददाता
साउन १३, २०७६ सोमबार २०:२:२७
काठमाडौं । पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक सोमबार आज पनि बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ३ बजेपछि बैठक बस्ने भएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । विभाग गठनका सम्बन्धमा कुरा नमिल्दा सचिवालय बैठक पटकपटक स्थगित भएको थियो ।
पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य ईश्वर पोखरेलमध्ये कसलाई दिने भन्नेमा कुरा नमिल्दा सचिवालय बैठक स्थगित भएको थियो । स्कुल विभाग प्रमुखमा भने नेकपाका नेता झलनाथ खनाल, धनश्याम भुसाल, बेदुराम भुसाल र राम कार्कीसमेतको जिकिर छ ।
सङ्गठन विभाग प्रमुखमा वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधवकुमार नेपालगायत सबैजसो विभागमा सहमति भए पनि निर्णय हुन भने बाँकी छ । आज बस्ने बैठकले पार्टीका विभिन्न ३३ विभागको टुङ्गो लगाउने भएको छ । यसअघि गत साउन ५ गते बसेको बैठकले पार्टी जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोकेको थियो ।
सचिवालय बैठक बस्नुअघि बैठकमा छलफल गर्नका लागि पूर्वनेकपा ‘एमाले’ बाट प्रतिनिधित्व गर्ने सवै सचिवालय सदस्यको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।
विभागको टुङ्गो लगाएपछि पार्टीले जनसङ्गठन इञ्चार्ज र विभिन्न कमिटी गठन गर्ने तयारी गरेको छ । विसं २०७५ जेठ ३ गते पार्टी एकता गरिए पनि अझैसम्म यसले पूर्णता पाइसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार