मनसुनी वर्षा सक्रिय हुन नसक्दा बाली प्रभावित
नेपालबहस संवाददाता
साउन १३, २०७६ सोमबार २१:४:२५
धनगडी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरलगायतका जिल्लामा यस वर्ष अहिलेसम्म मनसुन सक्रिय हुन नसक्दा धानबाली प्रभावित भएको छ ।
मनसुन सक्रिय हुन नसक्दा देखिएको सुक्खा मौसमले धानबाली प्रभावित हुन थालेपछि वर्षाको पर्खाइमा आकाशतिर हेर्दैमा दिन बित्ने गरेको किसानले बताएका छन् । भर्खरै रोपाइँ सकेका किसान पनि पर्याप्त पानी नभएर रोपाइँ गरिएको खेतमा चिरा पर्न थालेको धनगढी उपमहानगर–१३ का बलराम चौधरीले बताएका छन् ।
दुई हप्ताअघि पनि देशका अन्य भेगमा ठूलो मनसुनी वर्षा हुँदा कैलाली कञ्चनपुरमा पर्याप्त वर्षा हुन सकेको थिएन ।
जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयले यस वर्ष आजसम्म कैलाली र कञ्चनपुरमा मनसुनी वर्षा सक्रिय हुन नसकेको जनाएको छ । “यसपालीको वर्षायाममा गएको असार २६ गते सबैभन्दा बढी ८१ दशमलव नौ मिलिमिटर वर्षाको मापन गरिएको थियो”, कार्यालयका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले बताए, “त्यसयता ठूलो वर्षा हुन सकेको छैन ।”
पश्चिमी वायुको प्रभावका कारण जिल्लामा मनसुन सक्रिय हुन नसकेको बताइएको छ । नेपालमा जुन १० देखि सेप्टेम्बर २३ गतेसम्म मनसुनी वर्षा हुने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार