प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित
नेपालबहस संवाददाता
साउन १३, २०७६ सोमबार २२:३:३०
काठमाडौं । नेपाली कांग्रेस र राजपाका सांसदहरुको नाराबाजीका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।
सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।
सर्लाही घटनाको छानविनका लागि संसदीय छानविन समिति गठन गराउन माग गर्दे आएका उनीहरुले सोही माग बारे ध्यानाकर्षण गराउन उभिएको भएपनि सभामुख महराले बैठकको कार्यसूची अगाडि बढाउने जानकारी गराउदै ‘शून्य समयको कारवाही सुरु हुन्छ’ भने पछि दुवै दलका सांसदहरु नाराबाजी गदै रोष्टम घेराउ गर्न पुगेका थिए ।
उनीहरुले संसदीय सर्वोच्चता कामय गर, मानवअधिकार हनन गर्न पाईदैन, लाल आयोगको प्रतिवेदन सार्वजनि गर भन्दै रोष्टम अगाडि नाराबाजी गरे । आसन ग्रहणका लागि पटक पटक आग्रह गरेपनि नाराबाजी गर्ने क्रम जारी रहेपछि सभामुख महराले बुधबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन्।
संसदीय छानविन समिति गठनको माग गर्दै बैठक अवरुद्ध पार्दे आएका राजपा र नेपाली कांग्रेसका सांसदहरुको नाराबाजी र अवरोधका बीच गत असार २५ गते सभामुख महराले सचिव गोपालनाथ योगीलाई राष्ट्रियसभाबाट प्राप्त सुझाव पढ्न समय दिएर कार्यसूची अघि बढाएका थिए ।
त्यसपछि ३० गतेका लागि बोलाईएको बैठक सुचना टाँसेर साउन ८ गते सम्मका लागि सारिएको थियो । नेपाली कांग्रेस र राजपाका सांसदहरुले ८ गते भने बाढी पहिरोका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका लागि बैठक संञ्चालन गर्न सहमति जनाएका थिए । उनीहरुले संसदीय छानविन समिति गठन नभए सोमबारको बैठक चल्न नदिने पुर्व सुचना पनि दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार