मानव अंग बेचबिखनमा अन्तर्राष्ट्रिय अपराध बढ्यो
इन्द्र रिजाल
साउन १३, २०७६ सोमबार २३:३३:४८
काठमाडौं । मानव वेचविखन तथा ओसार पसार बिरूद्ध अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा महिला कानून र विकास मञ्च (एफडब्लुएल्डी) ले आज पलेर्मो प्रोटोकल सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।
अन्तर्देशीय संगठित अपराध विरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धि (पलेर्मो प्रोटोकल)को मानव विशेषगरी महिला तथा बालबालिकाहरूको बेचविखनलाई रोक्ने, दबाउने र सजाय गर्ने परिपूरक उपलेख २००० कार्यान्वयनका लागि गर्नुपर्ने कार्यका बारेमा उक्त अन्तरक्रिया केन्द्रित रहेको थियो ।
हाल नेपाल पनि अन्तर्देशीय संगठित अपराध विरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरिसकेकाले सदस्य राष्ट्र भएको र अब यस्ता संगठित अपराध रोकिने नेपाल सरकार प्रधानमन्त्री कार्यालयका सहसचिव कौशल चन्द्र सुवेदीले बताए । कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । अन्तर्देशीय संगठित अपराध कसरी हुन्छ ? विशेषतः महिला र बालबालिका यसको सिकार कसरी हुन्छन् ? तिनको कानुनी व्यवस्था र निराकरणका बारेमा कार्यक्रम केन्द्रित रहेको थियो ।
हाल आएर मानव अंग वेचविखनका साथै श्रमशोषणमा पनि अन्तर्राष्ट्रिय अपराध बढेको भन्दै यसको निराकरणका निम्ति पलेर्मो प्रोटोकल उपयोग हुने धारणा महिला कानून र विकासमञ्च कार्यकारी निर्देशक सविन श्रेष्ठले राखे । साथै उनले भने – ‘सन् २००० को संयुक्त राष्ट्रसंघीय मानव बेचबिखनसम्बन्धी सन्धिमा नेपाललाई हस्ताक्षर गर्न सिफारिस गरिएको छ र यसो गरेमा नेपालले मानव बेचबिखनविरुद्धको आफ्नो प्रतिबद्धतासम्बन्धी बलियो सन्देश प्रवाह गर्नेछ, पलेर्मो प्रोटोकल समेत भनिने उक्त राष्ट्रसंघीय सन्धिलाई विश्वका १ सय ७३ मुलुकले अनुमोदन गरिसकेका छन् ।’
यसैगरी यस सम्बन्धी कानूनी प्रावधानबारे अधिवक्ता रोशना प्रधानले प्रकाश पारिन् । उनले भनिन् – ‘न्यूनतम मापदण्डको पूर्ण पालना भईनसकेको तर उक्त मापदण्डको पालनातर्फ उल्लेखनिय प्रयत्न गरेको मुलुकका रुपमा नेपाललाई मूल्यांकन गरिएको छ ।’
महिला कानून र विकास मञ्च, युएस उड, युके एड, विनरकले सो कार्यक्रमको संयुक्त रूपमा आयोजना गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपक्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
न्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
टाइटानिकको भग्नावशेष हेर्न अर्को पनडुब्बी जहाज जाने
जेठ १६, २०८१ बुधबार
बेनी बजारको घना बस्ती
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
जेठ १६, २०८१ बुधबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी [ फोटोफिचर ]
जेठ १६, २०८१ बुधबार