नेकपा एकीकरण प्रक्रिया अझै जटिल, दुई साताका लागि सचिवालय वैठक सर्यो
इन्द्र रिजाल
साउन १३, २०७६ मंगलबार ०:१४:५२
काठमाडौं । आखिर जे हुनु पर्नेथ्यो त्यही भइरहेको छ सत्तारुढ नेकपा भित्र । कुनै सैद्धान्तिक आधार र धरातलमा नभै अर्काको करबलले गराइएको एकता प्राकृतिक दिशामा अग्रसर हुने अवस्थै थिएन । गएको आम निर्वाचनअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गराइएको बलात् एकीकरण स्वभाविक र दिगो हुने नै थिएन । त्यसैले अहिले एकीकरण प्रक्रिया निर्णायक तहमा पु¥याउने बेला नेकपा भित्र भाँडभैलो मच्चिएको छ ।
साउन लाग्दा नलाग्दै पार्टीको स्कूल विभाग गठन प्रक्रियाले राम्रै तनाव बढायो नेकपा भित्र । पूर्व एमालेले ईश्वर पोखरेल र पूर्व माओवादीले नारायणकाजी श्रेष्ठको नाम यो विभागको प्रमुखका रुपमा अघि सार्नु मात्रले पार्टी एकीकरण धरापमा परेको छ । भनेपछि यिनको सैद्धान्तिक धरातल कति कमजोर छ, यसैबाट पुष्टी हुन्छ । एउटा विभागको प्रमुख तोक्ने विषयमा समेत यत्रो जात्रा देखाउनुपर्ने अवस्थाले धेरै कुराको संकेत गरेको छ ।
कहिले केपी शर्मा ओलीले पार्टी भित्रका आफ्ना आलोचक तर्साउन माओवादीको भूत जगाउने काम गर्छन् त कहिले यही काम माधव नेपाल, झलनाथ खनाल वा बामदेव गौतमले गर्ने गरेका छन् । यस हिसाबले हेर्दा माओवादीलाई प्रयोग गर्ने होजबाजी पूर्व एमालेका दुवै खेमामा रहेको देखिन्छ । हुन त कहिलेकाँही यो खेल पूर्व माओवादी खेलाडी पुष्पकमल दाहाल प्रचण्डले पनि खेल्ने गरेका छन् ।
लामो कसरतपछि आज सोमबार पार्टी सचिवालय वैठक बस्यो । तर स्कूल विभागको विवाद मिलाउनु भन्दा अझ जटिल बनाउनेतिर परिस्थिति बढेको छ । स्कूल विभाग गठन प्रक्रिया नै थाँती राखेर दुई साताका लागि अर्थात साउनको २८ गतेसम्मका लागि सचिवालय बैठक स्थगन भएको छ ।
पूर्व एमाले र माओवादी मानसिकताले ग्रस्त पार्टी नेता कार्यकर्ताबीच न त मन नै मिलेको छ न मत । कुनै पनि विषयमा दुबै पक्षले आफ्नो सोच र अडान छाडेको छैन । केवल भागबण्डामा मात्रै मिलेको भनिएको एकताको त्यान्द्रो दिगो र प्रभावकारी हुने अवस्थै थिएन र छैन ।
ईश्वर पोखरेललाई पूर्व एमाले मानसिकताबाट माथि नउठेका नेता भनेर आरोपित गरियो । तर यथार्थमा हरेक पूर्व एमालेको मनस्थिति र मानसिकता उस्तै छ । केवल रणनीतिक रुपमा पूर्व एमालेको गुट व्यवस्थापनका लागि माओवादी हाउगुजीको प्रयोग हुने गरेको मात्र हो ।
कहिले केपी शर्मा ओलीले पार्टी भित्रका आफ्ना आलोचक तर्साउन माओवादीको भूत जगाउने काम गर्छन् त कहिले यही काम माधव नेपाल, झलनाथ खनाल वा बामदेव गौतमले गर्ने गरेका छन् । यस हिसाबले हेर्दा माओवादीलाई प्रयोग गर्ने होजबाजी पूर्व एमालेका दुवै खेमामा रहेको देखिन्छ । हुन त कहिलेकाँही यो खेल पूर्व माओवादी खेलाडी पुष्पकमल दाहाल प्रचण्डले पनि खेल्ने गरेका छन् ।
जे भएपनि दुबै पक्षले एक अर्कालाई सकेसम्म उपयोग गर्ने नीति अख्तियार गरेका छन् । यस्तो मानसिकताबाट जुटेको भनिएको पार्टीको हविगत के होला ? सहजै अनुमान लगाउन सकिन्छ । एकीकृत पार्टीको स्कूल विभाग संयोजक तोक्नसमेत नसक्ने नेकपाले यो देशलाई नेतृत्व दिने कुरा कल्पनाभन्दा बाहिरको हो । आज सम्पन्न सचिवालय बैठकमा नेताहरुको रुचि बुझेर सोही बमोजिमको निर्णय लिन दुवै अध्यक्षलाई जिम्मा दिने निर्णय भएको छ ।
जतिसुकै लिपपोत गरेपनि दुवै दलबीचको स्थापित मानसिकता र मान्यताले नेकपाको सग्लो निर्माण सम्भव देखिंदैन । यो यथार्थ ओली र प्रचण्डले राम्ररी बुझेका छन् । त्यसैले हिजो जुटाउने शक्ति केन्द्रको ग्रीन सिग्नल नआएसम्म स्कूल विभाग विवादले टुंगो लिने अवस्था छैन ।
यसको अर्थ हिजोका दिनमा भएको सहमतिको समेत अब समीक्षा हुने छ । भनाईको मतलव संगठन विभागको नेतृत्व गर्न बामदेवको वा नीति कार्यक्रम विभागको नेता झलनाथ नै किन नहुन्, उनीहरुका पूर्व जिम्मेवारीमा फेरबदल हुन सक्ने भयो ।
स्कूल विभागमा त पूर्व एमालेका तर्फबाट घनश्याम भूषाल र बेदुराम भूषालले दावी नै गरिसकेका छन् । घनश्यामले पूर्व एमालेको भागमा पर्ने अवस्थामा आफूले नै पाउने दावी गरेका छन् । आजको सचिवालय बैठकले यी दुवै नेताको भावनाको सम्मान गर्ने भनेको हो भने अलग कुरा नत्र नेकपा भित्रको आन्तरिक खेल भित्रको रहस्य सतहमा आईछाड्ने छ ।
जतिसुकै लिपपोत गरेपनि दुवै दलबीचको स्थापित मानसिकता र मान्यताले नेकपाको सग्लो निर्माण सम्भव देखिंदैन । यो यथार्थ ओली र प्रचण्डले राम्ररी बुझेका छन् । त्यसैले हिजो जुटाउने शक्ति केन्द्रको ग्रीन सिग्नल नआएसम्म स्कूल विभाग विवादले टुंगो लिने अवस्था छैन ।
अबको दुई साता ओली र प्रचण्डले आफ्ना प्रभूको आकांक्षा र चाहना संबोधन गर्ने भरपर्दाे तथा विश्वसनीय आधार नदिएसम्म तनाव बढिरहने अवस्था रहेको छ । जबसम्म कम्युनिष्ट एकताको दरकार पर्छ , त्यतिबेलासम्म यो एकता प्रक्रिया अघि बढ्ने हो । त्यसैले उताकै संकेतले नेकपाको भविष्य निर्धारण हुनेमा कुनै अन्योल र शंका छैन ।
सबैलाई ज्ञात भएकै हो नेपालका कम्युनिष्ट कहाँबाट पोषित र सञ्चालित छन् भन्ने कुरा । आज दुनियाँलाई भ्रममा पारेर ओली कट्टर राष्ट्रवादी देखिएका होलान् । तर उनको नश्ल र जात पार्टी भित्र र बाहिर छिपेको छैन । भारतीय सिनेमा अवार्ड आईफा र विषादी प्रकरणमा ओलीको नक्कली राष्ट्रवादको धोती फुस्किसकेको छ ।
उता, पूर्व माओवादी कसको इशारा र चाहनामा काम गर्छ भनेर पनि धेरैलाई ज्ञात भइसकेको छ । गएको साता नेपाल आएर भारतीय गुप्तचर संस्था रअका प्रमुखले प्रचण्डलाई भेटी आफ्नो गुहकार्य दिइसकेका छन् । त्यसैले गर्दा नेकपा भित्रको यो नाटक मञ्चन भएको बुझ्न सकिन्छ ।
अबको दुई साता ओली र प्रचण्डले आफ्ना प्रभूको आकांक्षा र चाहना संबोधन गर्ने भरपर्दाे तथा विश्वसनीय आधार नदिएसम्म तनाव बढिरहने अवस्था रहेको छ । जबसम्म कम्युनिष्ट एकताको दरकार पर्छ , त्यतिबेलासम्म यो एकता प्रक्रिया अघि बढ्ने हो । त्यसैले उताकै संकेतले नेकपाको भविष्य निर्धारण हुनेमा कुनै अन्योल र शंका छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार