ब्राजिलको जेलमा झडप, ५२ कैदीको मृत्यु
नेपालबहस संवाददाता
साउन १४, २०७६ मंगलबार १५:३४:७
ब्राजिल । कैदी समूहबीच झडप हुँदा ब्राजिलको एउटा जेलमा ५२ जना कैदीबन्दीको मृत्यु भएको छ। ब्राजिलको पारा राज्यमा रहेको एक जेलमा भएको घटनामा एउटा ब्लकका कैदीको समूहले अर्को ब्लकका कैदीको समूहलाई आक्रमण गरेपछि भिडन्त भएको हो।
सोमबार भएको उक्त झडप करिब पाँच घण्टा सम्मचलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जेलमा रहेका जेलरहरुलाई नियन्त्रणमा लिएर उनीहरुबीच आपसमा आक्रमण भएको थियो। बिबीसीका अनुसार अनुसार सुरुमा १६ जनाको टाउको काटिएको थियो। त्यसपछि जेलमा आगो लगाइएको थियो, आगलागीले निसास्सिएर बाँकीको मृत्यु भएको बताइएको छ ।
उक्त जेलमा २०० जनाको क्षमता रहे पनि ३०९ जना कैदी राखिएका थिए। ब्राजिल विश्वकै सबैभन्दा बढी जेलमा रहेका कैदीमा तेस्रो राष्ट्र पर्दछ। त्यहाँका जेलमा करिब ७ लाख कैदी छन्। ब्राजिलको जेलमा बेला बेलामा झडप भइरहन्छ। यसै वर्षको मेमा मानाउस जेलमा दंगा हुँदा ४० जना मारिएका थिए। सन् २०१७ को जनवरीमा १३० जना कैदी मारिएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार