पाकिस्तान सेनाको विमान दुर्घटना : १७ जनाको मृत्यु, १२ जना घाइते
नेपालबहस संवाददाता
साउन १४, २०७६ मंगलबार १६:१५:३८
एजेन्सी । पाकिस्तानी सेनाको एउटा सानो विमान रावलपिन्डीनजिकै एउटा आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेहरूमा हुनेमा चालकदलका पाँच सदस्य र १२ सर्वसाधारण मानिस रहेको बताइएको छ। अरू १२ जना घाइते भएको बिबिसीले उल्लेख गरेको छ ।
राजधानी इस्लामाबादनजिकै रहेको रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय छ। सो विमान तालिमका लागि उडाइएको थियो। दुर्घटनामा परेपछि त्यसमा आगो लागेको र केही घरहरूमा पनि आगो फैलिएको समाचारमा जनाइएको छ । शोकाकुल र स्तब्ध स्थानीय मानिसहरू दुर्घटना भएको क्षेत्रमा भेला भएको समाचारसंस्था एएफपीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार दुर्घटना स्थानमा मानिसहरू चिच्याइरहेका छ । उनीहरु भ्नछन्ँ, हामीले उनीहरूलाई सघाउन खोज्यौँ तर आगोको ज्वाला माथिसम्म उठेको थियो र आगो भीषण थियो । अर्का स्थानीय व्यक्तिका अनुसार घरहरूमा ठोकिनुअघि नै विमानमा आगो लागेको देखिएको थियो।
एएफपीका एक संवाददाताका अनुसार त्यहाँबाट पछिसम्म धुँवा उडिरहेको थियो र नजिकै रहेको घरको छतमा विमानको अवशेष देखिन्थ्यो।
सन् २०१० मा एउटा निजी विमान कम्पनीले सञ्चालन गरेको विमान इस्लामाबादनजिकै दुर्घटनाग्रस्त हुँदा १५२ जनाको मृत्यु भएको थियो। त्यो नै पाकिस्तानमा भएको सबैभन्दा डरलाग्दो विमान दुर्घटना थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार