नाइजेरियामा आतंककारी हमला, राष्ट्रसंघीय प्रमुखद्वारा घटनाप्रति निन्दा
नेपालबहस संवाददाता
साउन १४, २०७६ मंगलबार १९:९:३७
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नाइजेरियामा भएको सर्वसाधारण नागरिकमाथिको साङ्घातिक हमलाको निन्दा गरेका छन् ।
हालैमात्र नाइजेरियामा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ६५ जना सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणको यसरी ज्यान लिनु मानवमाथिको जघन्य अपराध भएको उनले सोमबार एक विज्ञप्ति प्रकाशन गरी बताए ।
उनका उपप्रवक्ता फहरान हकले प्रकाशन गरेको विज्ञप्तिमा यस्तो आतंककारी हमला गरी सर्वसाधारणको ज्यान लिने कार्य अन्तर्राष्ट्रिय कानुनको हनन् तथा मानवताविरोधी ठूलो अपराध हो भनेका छन् ।
महासचिव गुटेरेसले यस्ता आतंककारी हमलाबाट ज्यान गएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका आफन्तजनहरुमा समवेदना प्रकट गरेका छन् । महासचिव गुटेरेसले जे जस्तासुकै मागहरु भएपनि तिनको समाधान शान्तिपूर्ण प्रक्रियाबाटै समाधान हुने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न सो विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
नाइजेरियाको उत्तरपूर्वी सहर बोर्नोमा शनिबार भएको हमलामा परी ती नागरिकको ज्यान गएको थियो । एक स्थानीयको मलामी गएर फर्किएका उनीहरुलाई नाइजेरियामा हत्या हिंसा जारी राखेको बोको हराम नामक आतंककारी संगठनले गरेको साङ्घातिक हमलामा ६५ जनाको ज्यान गएको थियो ।
नाइजेरियामा सन् २००९ देखि यहाँको सरकारका विरुद्धमा बोको हरामले हिंसात्मक आन्दोलनको घोषणा गरेको थियो । त्यसयता उनीहरुले गरेका यस्ता हमलाहरुमा परी कम्तीमा पनि २७ हजार नाइजेरियाली नागरिकको ज्यान गइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार