अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको योजना

नेपालबहस संवाददाता
साउन १४, २०७६ मंगलबार १९:४६:४३

एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सन् २०२० सम्ममा अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्न सुरु गर्ने अमेरिकाको योजना रहेको बताएका छन्। यो लामो समयदेखिको द्वन्द्वबाट अमेरिकालाई अलग गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको प्रतिबद्धताको स्पष्ट सङ्केत हो।
वाशिङ्टनमा बोल्दै विदेशमन्त्री पोम्पेओले राष्ट्रपतीय निर्वाचनअघि सैनिक फिर्ता गर्न सुरु गर्ने योजना खुलाएका हुन्। उनले राष्ट्रपतिबाट आफूले आउँदो वर्षको नोभेम्बर महिनामा हुने निर्वाचनसम्ममा उक्त क्षेत्रमा अमेरिकी सैनिकको सङ्ख्या घटाउने निर्देशन पाएको जानकारी दिए।
अफगानिस्तानमा अमेरिकी उपस्थिति घटाउने राष्ट्रपतिको प्रतिबद्धताले अहिले जारी सघन शान्तिवार्तालाई बल दिने ठानिएको छ। अमेरिका र तालिबान दुवै पक्षका वार्ताकारहरूले आफूहरूबीचको संवाद सहमतिको नजिक पुगेको बताएका छन्।
बीबीसीका अनुसार मानवाधिकार, कानुनको शासन र तालिबानले मान्यता दिन अस्वीकार गर्दै आएको अफगान सरकारको भविष्यको सुनिश्चिततालाई लिएर आशङ्काहरू जीवित छन्।
गत साता समाचार संस्था रोएटर्सले विदेशमन्त्री पोम्पेओ र अफगान राष्ट्रपति अशरफ गनीबीच तालिबानसँगको युद्ध अन्त्य गर्ने प्रयास तीव्र पार्न सहमति भएको साथै पोम्पेओ शान्ति सम्झौता हुनेमा आशावादी रहेको उल्लेख गरेको थियो।
अफगानिस्तानमा अमेरिकी उपस्थिति कुनै पनि युद्धमा उसको अहिलेसम्मकै लामो संलग्नता हो। ट्रम्प प्रशासनले बहिर्गमनको योजना बनाएपछि अमेरिकी वार्ताकारहरू तालिबान र अफगान अधिकारीहरूसँगको शान्ति वार्तामा संलग्न छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्राजिलकी पूर्व राष्ट्रपति रुसेफले अस्पताल भर्ना
फागुन १४, २०८१ बुधबार
सुडानमा सैनिक विमान दुर्घटना हुँदा ४६ जनाको मृत्यु, १० जना घाइते
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार