चौयाया संरक्षणको जिम्मा तुलसी गौशालालाई
नेपालबहस संवाददाता
साउन १४, २०७६ मंगलबार २०:३५:५५
दाङ । तुलसीपुर बजारमा धेरै समयदेखि अवरोध पु¥याउँदै आएका छाडा गाई तथा गोरुलाई आज संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुलसी गौशालालाई जिम्मा लगाइएको छ ।
‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियानअन्तर्गत आज १५३ औँ हप्ताको सरसफाइ तथा वृक्षरोपण कार्यक्रमपछि छाडा गाई तथा गोरु संरक्षणका लागि उक्त उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सो गौशालाका सञ्चालक मोहन भण्डारीलाई जिम्मा लगाएका हुन् ।
गाई संरक्षण गरी समुदायमा उदाहरणीय कार्य गर्दै आएकामा उक्त गौशाका पदाधिकारीलाई सदस्यहरुलाई धन्यवाद दिनाका साथै यसबाट छाडा जन्तुको संरक्षण हुनाका साथै बजारलाई सफा, सुन्दर राख्न मद्दत पुग्ने बताए । उनले भने, “यहाँका युवाहरुले गरेको सामाजिक कामको मूल्याङ्कन गर्ने र गौशाला निर्माण र दानका लागि उपमहानगरपालिकाले रु १५ लाख उपलब्ध गराउनेछु ।”
गौशालाका अध्यक्ष मोहन भण्डारीले बजारमा दिन प्रतिदिन छाडा गाईको सङ्ख्या बढिरहेकाले यसलाई नियन्त्रण गर्न, समाजमा गाईवस्तुको संरक्षण गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्न आफूहरुले सहकारी संस्था दर्ता गरी गौशाला स्थापना गरेको उनले बताए ।
तुलसीपुरका युवाले केही वर्षअघि उपमहानगरपालिका–१३ मा साढे दुई बिघा जमिन खरिद गरी सो गौशाला निर्माण गरेका थिए । हाल सो गौशालामा तीन सयभन्दा बढी गाई तथा गोरु छन् ।
तुलसीपुर बजारमा रहेका छाडा चौपायाहरु जिम्मा लगाएपछि अब यहाँका सडक किनारामा रोपिएका बोटबिवा संरक्षण हुनाका साथै चौपायाका कारण हुने दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार