गुटमै रुमल्लिएको कांग्रेस
इन्द्र रिजाल
साउन १४, २०७६ मंगलबार २२:४७:५६
काठमाडौं । निश्चित छ, कांग्रेस पाँच वर्षका लागि प्रतिपक्षी बेञ्चमै बस्ने हो । झण्डै दुईतिहाईको समर्थन पाएको नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार विस्थापन गरी कांग्रेस सत्तामा आउने कुनै संभावना अहिलेलाई देखिएको छैन । त्यसैले कांगे्रसको भूमिका र कर्तव्य लगभग परिभाषित छ – प्रतिपक्षीय कित्तामा बस्ने ।
तर व्यवहार हेर्दा कांग्रेस प्रतिपक्षमा बसेको कुनै अनुभूति हुन सक्दैन । लामो समय सत्तामै ढलीमली गरेका नेताहरु नै अहिले नेतृत्वमा छन् । त्यसैले उनीहरु भदौमा आँखा फुटेको गोरु जस्ता लाग्छन् । जताततै हरियो मात्रै देख्ने ।
परिस्थितिले कांग्रेस पार्टी सभापति पनि उनैलाई बनाएको छ । तर देउवा कुनैपनि भूमिकामा सुयोग्य देखिएनन् । चाहे संसदीय फाँटमा होस् या सडक आन्दोलनमा नै । अझ पार्टी संगठनको कुरा गर्ने हो भने देउवाको उपस्थिति कतै देखिंदैन । भगवान भरोसे संगठनबाट चलेको छ कांग्रेस ।
कांग्रेस पार्टीको नेतृत्व गर्ने प्राय सबै सत्ताको चास्नीमा डुबेका नै देखिन्छन् । त्यसैले प्रतिपक्षीय भूमिकाबारे धेरै जानकार नभएरै पो हो की यो देशले सशक्त र प्रभावकारी प्रतिपक्ष पाएन । शेरबहादुर देउवा चार पटकसम्म देशको प्रधानमन्त्री बनेका नेता हुन् । परिस्थितिले कांग्रेस पार्टी सभापति पनि उनैलाई बनाएको छ । तर देउवा कुनैपनि भूमिकामा सुयोग्य देखिएनन् । चाहे संसदीय फाँटमा होस् या सडक आन्दोलनमा नै । अझ पार्टी संगठनको कुरा गर्ने हो भने देउवाको उपस्थिति कतै देखिंदैन । भगवान भरोसे संगठनबाट चलेको छ कांग्रेस ।
आश्चर्य त कस्तो भने केपी शर्मा ओली सरकारले गर्ने निर्णय विवादमा पर्दा देउवाको संलग्नता कुनै न कुनै रुपमा जोडिने गर्छ। पार्टी भित्र र बाहिर सबैतिर कांग्रेसप्रति प्रश्न उठ्ने गरेको छ । तर यसको जवाफ दिने कोही छैन । कुनै पनि विषयमा सामुयिकता देखिन्न । देउवाको एकल निर्णय नै पार्टीले शिरोधार्य गर्नुपर्ने अवस्था छ ।
मूल नेतृत्व नै हावादारी भएको पार्टीमा सैद्धान्तिक बहसको कल्पना गर्नु नै मूर्खता हुने छ । देउवामा सैद्धान्तिक र वैचारिक ज्ञानको सर्वथा अभाव छ । भुत्ते नेतृत्वले विचारको खेती गर्ने सम्भावना नै रहेन । जबसम्म नेतृत्व सक्षम हुँदैन तल्लो तहको कार्यकर्ता तेज बन्ने अवस्थै हुँदैन ।
दुई महिनाअघि सुरु भएको जागरण अभियान हात्ती आयो हात्ती आयो फुस्सा भएको छ । अभियानमा समेत नेताहरु गुट बलियो बनाउनमै रमाए । पार्टी सभापति देउवा नै एउटा गुट चलाउँछन् । सग्लो कांग्रेस खोज्न देशैभरि टर्च लाइट बाल्नु पर्ने अवस्था छ । यस्तो नेतृत्वले जनतामा नयाँ आशा र संभावनाको सञ्चार गर्ला भनेर पत्याउने आधार छैन ।
खै सिद्धान्त ?
नेपाली कांग्रेस भित्र सिद्धान्त र विचार मरेतुल्य छ । सैद्धान्तिक बहस संस्थागत रुपमा कहिल्यै भएको थाहा छैन । कांग्रेसको सिद्धान्त र विचार के हो भन्ने कुरा देउवालगायत धेरै केन्द्रीय नेताहरुलाई थाहा छैन । मूल नेतृत्व नै हावादारी भएको पार्टीमा सैद्धान्तिक बहसको कल्पना गर्नु नै मूर्खता हुने छ । देउवामा सैद्धान्तिक र वैचारिक ज्ञानको सर्वथा अभाव छ । भुत्ते नेतृत्वले विचारको खेती गर्ने सम्भावना नै रहेन । जबसम्म नेतृत्व सक्षम हुँदैन तल्लो तहको कार्यकर्ता तेज बन्ने अवस्थै हुँदैन ।
इमान्दार भएर भन्नुपर्दा संघीयता, गणतन्त्र र समाजवादका विषयमा १० मिनेट बोल्न सक्ने ल्याकत देउवामा छैन । बीपी विचारका कुरा नेताहरुले धेरै गर्छन् । तर के हो बीपी विचार ? देउवा मात्र होइन धेरैजना वरिष्ठ नेताहरु जानकार छैनन् । बीपीले भन्ने गरेको राष्ट्रियता र राजतन्त्रबीचको के तादत्म्यता के हो , त्यसबारे कांग्रेसका धेरै वरिष्ठ नेताहरु अनभिज्ञ नै छन् ।
बीपी सधैं कम्युनिष्टसँगको एकताको विपक्षमा थिए । साथै उनले नेपाल जस्तो सानो मुलुक संघीयता र धर्मनिरपेक्षताबाट सधैं पृथक रहनुपर्ने धारणा राख्थे । तर कालान्तरमा उनकै कनिष्ठ भाई गिरिजाप्रसादले बीपीको भावना लत्याए । राजा ज्ञानेन्द्र शाहको उत्ताउलोपनलाई साईजमा ल्याउने नाममा गिरिजाले गम्भिर त्रुटी गरेकै हो । त्यसैको परिणाम आज देश र जनताले भोग्नु परेको छ ।
त्यसैले अहिले देउवालगायत रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले गुट बनाएका छन् । पछिल्लो अवस्थामा कोइरालाहरुले पनि छुट्टै गुट निर्माण गर्न थालेका छन् । यसरी हेर्दा यतिबेला कांग्रेस भित्र चारवटा गुट सक्रिय रहेको देखिन्छ । मान्छेहरुले भन्न थालेका छन् , चार ताराको अर्थ चार गुटको राजनीति हो कि ?
गुटको राजनीति
कांग्रेस भनेकै गुटहरुको झुण्ड भएको छ । गुटमा नलागे कुनै पनि नेता कार्यकर्ताले अवसर नपाउने अवस्था छ । पार्टी सभापति आफैं एउटा गुटको संरक्षकको भूमिकामा छन् । उनैले अरु भुरेटाकुरेलाई गुटमा लाग्न सु¥याउने काम गरेका छन् । गुट उपगुटलाई मात्रै देउवाले संवोधन गर्न थालेपछि कार्यकर्तामा त्यही सोच विकसित भएको छ ।
त्यसैले अहिले देउवालगायत रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले गुट बनाएका छन् । पछिल्लो अवस्थामा कोइरालाहरुले पनि छुट्टै गुट निर्माण गर्न थालेका छन् । यसरी हेर्दा यतिबेला कांग्रेस भित्र चारवटा गुट सक्रिय रहेको देखिन्छ । मान्छेहरुले भन्न थालेका छन् , चार ताराको अर्थ चार गुटको राजनीति हो कि ?
कमजोर नेतृत्व
देउवा पार्टी सभापति बनेपछि कांग्रेस इतिहासमै सर्वाधिक कमजोर देखिएको छ । गिरिजाप्रसाद कोइराला रहुञ्जेल गलत निर्णय नै गरेपनि कांग्रेसका लागि अनुकुल बनाउने ल्याकत राख्थे । जसले गर्दा कांग्रेस कुनै न कुनै रुपले सत्ताको केन्द्रमा रहन्थ्यो । साथै उनलाई राष्ट्रिय – अन्तर्राष्ट्रिय रुपमा समेत चासोका साथ हेर्ने गरिन्थ्यो । तर देउवाको उँचाई त्यस्तो रहेन । उनी समग्र कांग्रेस पार्टीको नेता बन्नै सकेनन् ।
सासु प्रतिभा राणालाई जापानको राजदूतमा टिकाउन उनी चूप बस्छन् । उनकै सिफारिशमा राजदूत बनाइएका कतिपयलाई ओली सरकारले प्रतिशोध साँधेर फिर्ता बोलाउँदा एक शव्द बाल्दैनन् । अर्का वरिष्ठ नेता पौडेलको हविगत पनि उस्तै छ । सानो छाती भएका उनी कांग्रेस पार्टीका आम कार्यकर्ताबाट अनुमोदित हुनै सकेनन् । महामन्त्री डा.सशांक कोइराला पनि कोठे राजनीतिमै बढी रमाएको देखियो ।
बाघको शैलीमा आक्रमण गर्न सक्ने नेतृत्व अहिले कांग्रेसका लागि आवश्यक छ । तर सबै कमजोर छन् । संसद् र सडकमा केही युवा नेताहरुको उपस्थिति बलियो देखिन्छ । जस्तो विश्वप्रकाश शर्मा, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ र गुरुराज घिमिरेले मात्रै सिंगो कांग्रेस धान्ने अवस्था छैन ।
पद नै अभिष्ट
विभिन्न समस्याले मरिच चाउरिए झैं शिथिल बन्न पुगेको नेपाली कांग्रेस पार्टीको १४ औं महाधिवेशन गर्ने तयारीमा जुटेको छ । फेरि पनि पद पाउने नेताहरुको चाहना छ । काममा भुत्लो झार्न नसकेपनि बुढो गोरुले कोरली ओगटे झैं पद चाहिएको छ नेताहरुलाई । तर उसका गतिविधिप्रति दुनियाँले खासै चासो राखेको छैन । गत असार ९ गतेदेखि पार्टी केन्द्रीय कार्यसमिति वैठक महाधिवेशनका विषयमा छलफल गरिरहेको छ ।
बेलाबेला अर्जुननरसिंह केसी र प्रकाशमान सिंहले पनि यो गुटलाई चलायमान बनाउने प्रयत्न गर्ने गरेका छन् । यही क्रममा आज मंगलबार विहान प्रकाशमानले चाक्सीबारीस्थित आफ्नो निवासमा गुटको भेला गरेका छन् । त्यहाँ पनि जारी केन्द्रीय कार्यसमिति वैठकमा प्रवेश भएको अन्तरिम संरचना गठनको विषयबारे छलफल भयो ।
पार्टी कब्जा गर्नुपर्छ भन्ने सोचबाट ग्रस्त नेताहरु गुटगत राजनीतिमै प्रफुल्लित छन् । एकातिर कार्यसमिति वैठक जारी छ, अर्कातिर विभिन्न गुटका नेता स्वार्थसिद्ध गर्ने रणनीति तयार गर्दै छन् । सभापति देउवा निवासमा साँझ विहान एउटा गुट आफ्नो स्वार्थ पूरा गर्न जुटिरहेको हुन्छ । अर्कातिर वरिष्ठ नेता पौडेल पनि गुट बनाएर मात्रै सफल हुने विश्वासका साथ त्यही सिको गरिरहेका छन् । बोहराटारस्थिति उनको निवास पनि गुटको राजनीति गर्ने थलो बनेको छ ।
बेलाबेला अर्जुननरसिंह केसी र प्रकाशमान सिंहले पनि यो गुटलाई चलायमान बनाउने प्रयत्न गर्ने गरेका छन् । यही क्रममा आज मंगलबार विहान प्रकाशमानले चाक्सीबारीस्थित आफ्नो निवासमा गुटको भेला गरेका छन् । त्यहाँ पनि जारी केन्द्रीय कार्यसमिति वैठकमा प्रवेश भएको अन्तरिम संरचना गठनको विषयबारे छलफल भयो ।
संस्थापन पक्ष पार्टीको अन्तरिम संरचना बनाएर महाधिवेशन प्रक्रियामा प्रवेश गर्न चाहन्छ । इतर पक्ष भने महाधिवेशनको मिति पहिला तोकेर कार्यतालिका बनाउने पक्षमा रहेको छ । अर्कातिर तेस्रो धारको उपमा पाएको सिटौला गुट चाहिं विधानमा उल्लेखित प्रावधान अुनरुप संक्रमणकालिन व्यवस्था अनुसार संरचना बनाउँ भन्छ । तीनै पक्षको तर्क गुट बलियो बनाउनेमै केन्द्रित छ । यस्तो अवस्थामा नेपाली कांग्रेस फेरि बौरिएला भन्ने सोच्नु आफैंमा हाँस्यास्पद लाग्छ ।
अब के गर्ने ?
कांग्रेसलाई पुनर्जागृत गर्ने हो भने नयाँ शिराबाटै चलाउने नेतृत्व छान्नु पर्छ । आगामी १४ औं महाधिवेशनले अहिलेको चुनौती सामना गर्न सक्ने डाइनामिक नेतृत्व दिन सक्नुपर्छ । साथै सैद्धान्तिक र वैचारिक रुपमा पनि कांग्रेसले अलग धारको नेतृत्व लिनु पर्ने हुन्छ । खासगरी संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताबारे पुनर्विचार गर्ने नीति लिइनु पर्छ ।
महाधिवेशनले यी मुद्धामा स्पष्ट धार लियो भने एकपटक फेरि कांग्रेस बौरिने छ । साथै बदलिएको परिवेश बमोजिमका चुनौती सामना गर्न सक्ने क्षमता भएको मानिस नेतृत्वमा आउनु पर्छ । अर्काे महत्वपूर्ण पक्ष भनेको समग्र कांग्रेसलाई माया र सम्मान गर्ने नेतृत्वले मात्र कांग्रेसलाई रुपान्तरण गर्न सक्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार