कलंकी गोली प्रहार प्रकरणः पूर्व इन्जिनियर हतियारसहित पक्राउ
नेपालबहस संवाददाता
साउन १४, २०७६ मंगलबार २३:४:४८
काठमाडौं । सोमबार राति काठमाडौंको कलंकीमा भएको गोली प्रहारमा संलग्नको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । सोमबार राति कलंकीमाई मन्दिर नजिकै रहेको विष्णुप्रसाद शर्माको ३ तले घरमा गोली प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १ जनालाई हतियारसहित नियन्त्रणमा लिएको हो ।
महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सडक डिभिजन कार्यालयका पूर्व इन्जिनियर शुभाकर खनाललाई नियन्त्रणमा लिएको हो । महानगरीय अपराध महाशाखा स्रोतका अनुसार उनको साथबाट २ थान हतियार र त्यसमा लाग्ने गोली करिब ४५–५० राउण्ड बरामद भएको छ । उक्त हतियार इजाजत (लाइसेन्स)प्राप्त रहेको महाशाखा स्रोतले जानकारी दियो ।
प्रहरीका अनुसार अहिले उक्त हतियारको परीक्षणका लागि प्रहरीको फरेन्सिक ल्याब पठाइएको छ । ‘उक्त हतियारबाट गोली चलेको हो हैन भन्ने विषयमा हामीले अहिले परीक्षण गरिरहेका छौं,परीक्षण रिपोर्ट आएपछि थप कारबाही अगाडि बढाउँछौं ।’, महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने ।
हतियारसहित नियन्त्रणमा लिइएका खनाल भने अहिले अपराध महाशाखाको नियन्त्रणमा छन् । महाशाखाले खनालमाथि अनुसन्धान गरिरहेको जनाएको छ । कलंकीमाईस्थित शर्माको घरमा गोली चलेको खबर पाउनासाथै प्रहरीले घटनास्थल वरपर खानतलासी शुरु गरेको थियो । प्रहरीले सोमबार राति नै खनालको घरमा खानतलासी गर्न खोजेपनि उनको परिवारले ढोका खोलेको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार