आज देशका अधिकांश भागमा सामान्य बदली, थोरै स्थानमा हल्का वर्षा !
नेपालबहस संवाददाता
साउन १५, २०७६ बुधबार १४:१२:१३
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय हुँदै गएको छ ।
विभागका अनुसार मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको तराई भू-भाग भन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ।
मौसम विभागका अनुसार हाल देशका अधिकांश सामान्य देखि पूर्ण बदलीको अवस्था छ। देशका थोरै स्थानम हल्का वर्षा भइरहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ ।
श्रावण १५ गते (बुधबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने संभावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने संभावना छ | देशको एक-दुई स्थानमा भारी वर्षाको संभावना छ।
श्रावण १६ गते (बिहिबार)
दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने संभावना छ ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने संभावना छ |
श्रावण १७ गते (शुक्रबार )
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने संभावना छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्ज सहित वर्षा हुने संभावना छ ।
देशको पूर्वी भूभागका एक-दुई स्थानमा भारी वर्षाको संभावना छ। राती पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार
रवि र छबीसहित ५ जनालाई कास्की अदालतका न्यायाधीश राईको इललासमा बयान गराइने
पुष ८, २०८१ सोमबार