पोखरामा पुरुष तथा महिला फुल कन्ट्याक्ट कराँते हुने
नेपालबहस संवाददाता
साउन १५, २०७६ बुधबार १४:४५:१४
पोखरा । पोखरामा ‘प्रथम नेपाल फुल कन्ट्याक्ट प्रेसिडेन्ट कप कराते ग्रान्ड च्याम्पियनसिप’ हुने भएको छ । आगामी भदौ १४ गते फुलकन्ट्याक्ट मार्फत पोखराको पर्यटनलाई थप बढोत्तरी गर्नका लागि खेलको आयोजना गर्न लागिएको हो ।
खेलमा ३२ पुरुष र ३२ महिला गरि ६४ खेलाडीको सहभागिता रहने नेपाल फुल कन्ट्याक्ट कराते महासंघका अध्यक्ष दमन बस्नेतले जानकारी दिए ।
अध्यक्ष बस्नेत भन्छन्, पुरुष तथा महिला खुला तौल समूहका संघमा आवद्ध खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् । प्रतियोगितामा प्रथम हुनेले पुरस्कार स्वरुप १ लाख जित्ने छन् । त्यस्तै दोस्रो हुनेले क्रमश ५० हजार र २५ हजार पाउने छन् ।
महिला पुरुष खेलमा उत्कृष्ट सबैलाई समान पुरस्कार दिइने समेत व्यवस्था गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।जापानबाट खाली हात युद्ध कला सन् १९६४ ताका फुल कन्ट्याक्ट शैलीबाट खेलिने खेलको रुपमा विश्वभर फैलिएको थियो ।
खेलाडी र खेलसँग सम्बन्धित संघ–संस्थाको हक हितमा क्रियाशील महासंघमा १५ संस्था आबद्ध छन् । २०६१ मा विभाजित संघ, डोजो, क्लबको छाता संगठनको रुपमा ‘नेपाल फुल कन्ट्याक्ट कराते महासंघ’ गठन भएको थियो ।
महासंघको गठन यता राष्ट्रिय स्तरका प्रतियोगिता, टेक्निकल सेमिनार, क्याम्प लगायतका कार्यक्रम गर्दै आएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
प्रतियोगितका लागि १२ लाख बराबरको खर्च हुने उनले बताए । खेलमा उपस्थित हुने सिनियर तथा अन्र्तराष्ट्रिय पदकधारी खेलाडीको केही दिनमा तय हुने आयोजकको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार