वडा कार्यालयमा आगजनी, महत्वपूर्ण कागजपत्र जलेर नष्ट !
नेपालबहस संवाददाता
साउन १५, २०७६ बुधबार १५:३:५९
बेत्रावती । नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन् ।
बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ ‘बलामी’ले जानकारी दिए ।
उनका अनुसार रातको ११ः४५ बजेको समयमा आएका पाँच-छ जनाको समूहले कार्यालयमा तोडफोड गरेर कागजात, कम्युटर, फर्निचरलगायतका सामग्री एकै स्थानमा राखेर आगजनीसहित बम विष्फोट गराएको पाइएको छ ।
वडा कार्यालय सार्वजनिकस्थलमा संस्थाले बनाएको दुईकोठे पक्की भवनबाट सञ्चालन हुँदै आएको थियो । ठूलो आवाजसहितको विष्फोटले उक्त भवनको ढलानसमेत फुट्न पुगेको प्रहरी चौकी ओखरपौवाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यलयमा आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट सम्पूर्ण कागजपत्रसहित वडा कार्यलय जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
आगलागी कसले ग¥यो भन्ने यकिन थाहा नभएको तर घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ । ताल्चा काटेर आगो लगाएको र काटेको ताल्चा र ह्याक्सो ब्लेट फेला परेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिए ।
आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार
रवि र छबीसहित ५ जनालाई कास्की अदालतका न्यायाधीश राईको इललासमा बयान गराइने
पुष ८, २०८१ सोमबार