वैदेशिक व्यापारमा नेपाल सबैभन्दा नाजुक अवस्थामा
नेपालबहस संवाददाता
साउन १५, २०७६ बुधबार १९:३३:१८
काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६मा रु. १३ खर्ब २१ अर्बको व्यापारघाटा सहित १ रुपैंयाको निर्यात हुँदा करिब १४ रुपैंया ६० पैसाको आयातको तथ्यांक भन्सार विभागले हालै प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ जुन अघिल्लो आर्थिक वर्षको भन्दा करिब १४ प्रतिशतले बढी हुन जान्छ । समान भूगोल र भुराजनीतिक अवस्थिति भएको भूपरिवेष्ठित मुुलुक भुटानको निर्यात आयात अनुपात १ः२.६ रहेको छ । दक्षिण एशियाको कान्छो मुलुक बंगलादेशको निर्यात अनुपात यस क्षेत्रमै १ः१.३ सहित सर्वश्रेष्ठ स्थानमा रहेको छ । नेपालसँग समान धार्मिक र सांस्कृतिक परिवेश भएको भारतको निर्यात आयात अनुपात १ः१.६ सहित दोश्रो स्थानमा रहेको छ ।
नेपाल भन्दा कैयौं गुणा खतरनाक गृहयुद्ध झेलेको श्रीलंकाको निर्यात आयात अनुपात १ः१.७ सहित तेश्रो स्थानमा रहेको छ । अर्थतन्त्र जति जर्जर भनेर प्रचार गरिएतापनि पाकिस्तानको निर्यात आयात अनुपात १ः२.५ सहित चौथो स्थानमा रहेको छ । यता सन् १९७९ देखि युद्धको भड्खालोका जाकिएको अशान्त र गृहयुद्धले जर्जर अफगानिस्तानको निर्यात आयात अनुपात पनि १ः८.४ सहित नेपाल भन्दा एक स्थान माथि नै रहेको छ । सेवा व्यापारको आधिपत्य भएको मालदिप्स मात्रै वस्तु व्यापारमा नेपाल भन्दा एक स्थान तल रहेको छ । यसरी दक्षिण एशियाको सबैभन्दा पुरानो मुलुक वस्तु व्यापारतर्फको निर्यात आयात अनुपातमा लगभग पुच्छारमा पर्नुले हाम्रा नीतिगत, प्रक्रियागत र कार्यक्रमगत त्रुटीहरुको हद कतिसम्म अप्रभावकारी रहेछ भन्ने कुराको पुष्टि हुन्छ ।
उता नेपालको उत्तरी छिमेकी मुलुक चीनसँगको नेपालको व्यापार असन्तुलन झन डरलाग्दो देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा चीनसँगको निर्यात आयात अनुपात १ः९७.४ पुगेको छ । चीनले ८ हजार वस्तुमा भन्सार सुविधा दिएतापनि त्यसतर्फ निर्यात बढ्न नसक्नुमा हाम्रो उद्योगतन्त्रको खराब धरातल जिम्मेवार रहेको छ ।
१. सार्क मुलुकहरुको निर्यात आयात अनुपात
यता नेपालको आयातमा प्रथम दश स्थान हासिल गर्ने वस्तुहरुमा खनिज धातु, फलाम तथा स्टील, मेशिनरी तथा पार्टस, विद्यतीय सामाग्रीहरु, यातायातका साधनहरु, प्लाष्टिकका उत्पादनहरु, बहुमल्य धातु र पत्थर, अन्न, तेलहनका उत्पादनहरु र औषधी रहेका छन् । कृषि प्रधान मुलुकमा दुईवटा वर्गमा कृषिजन्य उत्पादनहरु प्रथम दशको सूचीमा पर्न सफल भएका छन् ।
२. नेपालले आयात गर्ने प्रमुख दशवटा वस्तुहरु
यता निर्यातमा प्रथम दश स्थान ओगट्ने वस्तुहरुमा तेलहनका उत्पादनहरु, कपडा, कफी, चिया, मसला, कार्पेट, तयारी पोशाक, फलाम तथा स्टील, तयारी खाद्य उत्पादन, अन्य कपडाका उत्पादनहरु र खाद्य उद्योगका अवशेषहरु रहेका छन् ।
३. नेपालले निर्यात गर्ने प्रमुख दशवटा वस्तुहरु
व्यापारघाटा बढी हुने प्रमुख दश उत्पादनहरुमा खनिज इन्धन, फलाम तथा स्टील, मेशिनरी तथा पार्टस, विद्यतीय उत्पादनहरु, यातायातका साधनहरु, बहुमूल्य धातु र रत्नहरु, अन्न, प्लाटिकका उत्पादनहरु, औषधी, तरकारी र दलहन रहेका छन् । कृषिप्रधान मुुुलुकमा बढी व्यापारघाटा भएका वस्तुहरुमा तीन तीनवटा कृषिजन्य उत्पादनका वर्गहरु पर्नु भनेको आफैंमा उदेकलाग्दो विषय बन्न गएको छ ।
नेपालको आयातबाट बढी राजस्व असुलिएका प्रमुख दश वस्तुहरुमा यातायातका साधनहरु, खनिज इन्धन, फलाम र स्टील, विद्यूतीय सामाग्रीहरु, मेशिनरी तथा पार्टस, प्लाष्टिकका उत्पादनहरु, तेलहन उत्पादनहरु, खनिज उत्पादनहरु, तयारी पोशाक र पेय पदार्थ (वेभरेज, मदिरा) रहेका छन् । विडम्बनाको कुरा के छ भने पूँजी निर्माणमा सहयोगी रहेका र महत्वपूर्ण भूमिका खेलेका यातायातका साधनहरु, खनिज इन्धन, फलाम र स्टील, विद्यूतीय सामाग्रीहरु, मेशिनरी तथा पार्टस, प्लाष्टिकका उत्पादनहरु, खनिज उत्पादनहरुमा अत्यधिक कर थोपरिंदा मुलुकको औद्योगिकीकरणको गति मन्द भएको छ भने नेपाली उत्पादनहरु महँगा हुन गई नेपाली उत्पादनहरुको प्रतिस्पर्धी क्षमतामा ह्रास आएको छ । उता जनताको जीवनयापनसँग प्रत्यक्ष जोडिएको तेलहनमा बढी करको बोझ थोपरिंदा त्यसै त महँगो भान्सा अझ झन् महँगो हुन गएको छ ।
यता व्यापार विविधिकरण गर्न नसक्दाको परिणामहरु पनि देखिन थालेका छन् । फलस्वरुप अर्जेन्टिनाबाट दशौं अर्बको सामान आयात हुँदा पनि त्यहाँ नेपालको निर्यात शुन्य रहेको छ ।
यसै गरी इण्डोनेशियासँग नेपालको निर्यात आयात अुनपात १ः११२८७.७, युक्रेनसँग १ः३२५.४, थाईल्याण्ड सँग १ः२९६.७, द. अप्र्रिmकासँग १ः१४३, युएईसँग १ः१०८.७, चीनसँग १ः९७.४, मलेशियासँग १ः५८.१, भियतनामसँग १ः३१.७, स्वीट्जरलेण्डसँग १ः२७.९, फ्रान्ससँग १ः१५.३, क्यानडासँग १ः१५.१, भारतसँग १ः१४.६ र युएसएसँग १ः१.२ को निर्यात आयात अनुपात रहेको छ । ठूला आयातकर्तासँग नेपालको निर्यात आयात अनुपात अझ बढी खराब हुनु भनेको नेपालको व्यापार वार्ता गर्ने क्षमतामा कमी हुनु हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार