पर्यटन मन्त्रीमा योगेश भट्टराई
नेपालबहस संवाददाता
साउन १५, २०७६ बुधबार २१:१९:३६
काठमाडौं । लामो अन्योल र विवादपछि अन्ततः प्रधानमन्त्री के पी शर्मा ओलीले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई मन्त्रिमण्डलमा भित्र्याएका छन् । धेरैले अनुमान गरे झैं भट्टराईलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ । गत आम निर्वाचनमा ताप्लेजुंगबाट निर्वाचित भट्टराईलाई ओलीले सुरु मै आफ्नो मन्त्रिमण्डलमा समावेश गराउने आम विश्वास थियो ।
तर खेमा परिवर्तन गर्न नमानेकाले ओली पछि हटेका थिए । योगेश ओलीका कट्टर आलोचक मध्येका हुन् । उनले कतिपय अनौपचारिक छलफलमा ओली सरकार सिनो झैं गन्हाइसकेकाले यो क्याबिनेटमा नबस्ने टिप्पणी गर्ने गरेका थिए । तर आज विहान ओलीले योगेशलाई बालुवाटार बोलाई आफ्नो योजना सुनाए । त्यसमा योगेशले सहमति जनाए । वालुवाटार स्रोतका अनुसार ओलीसँगको भेटमा योगेशले इमान्दारीपूर्वक सहयोग गर्ने वचन दिएका छन् । सधैं विवादमा पर्ने पर्यटन तथा नागरिक मन्त्रालयमा योगेशको आगमनले नयाँ विवाद आउन सक्छ ।
सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा सरकारले मनाउने योजना तय गरेको छ । योगेशको क्याबिनेट प्रबेशले पूर्व एमालेको माधव नेपाल समूह झस्किएको छ । योगेशले नेपाल समूहसँग सल्लाह नै नगरी स्वीकृति जनाएको भन्दै असन्तुष्ट बनेको छ । यसरी हेर्दा प्रधानमन्त्री ओली योगेशलाई आफूतिर तान्न सफल हुने संकेत मिलेको छ ।
गत फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा परेर तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन प्रवर्द्धन गर्न लमजुङमा जगत तातोपानीकुण्ड महोत्सव
कात्तिक ३०, २०८१ शुक्रबार
पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १, २०८१ शनिबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार