नेप्से बढ्यो, कारोवार रकम बढेन
नेपालबहस संवाददाता
साउन १५, २०७६ बिहिबार ०:४०:४७
काठमाडौं । धितोपत्र बजार बढेको छ । नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो । मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ ।
सेन्सेटिभ परिसूचक पनि १.१० अङ्कले बढेर २७३.२४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने औशत नै रह्यो । स्टकका अनुसार आज १६९ कम्पनीका १२ लाख ६१ हजार कित्ता शेयर रु ३५ करोड ७८ लाख ३६ हजार १८५ मा खरीद बिक्री भए ।
आज कारोबार भएका १२ उपसमूहमध्ये विकास बैंकको शेयर ०.८४ अङ्कले ओरालो लाग्यो । स्टकका अनुसार बैंकिङ २.०३, व्यापार ३.२२, होटल ५.७३, जलविद्मुत ०.१७, वित्त २.२२, निर्जीवन बीमा ५३.९६, उत्पादन १३.३२, अन्य २.२८, लघुवित्त ५२.४५, जीवन बीमा ४६.५ र सामूहिक लगानी कोष ०.०८ अङ्कले वृद्धि भएको छ ।
नेपाल बैंक लिमिटेड कारोवार रकमका आधारमा शीर्ष स्थानमा रह्यो भने सो बैंकको शेयर रु दुई करोड ८४ लाख २० हजार ७२२ मा खरीद बिक्री भए । कृषि विकास बैंकको शेयर रु एक करोड ८३ लाख ८५ हजार ७१९, प्रभु बैंक रु एक करोड ५० लाख १२ हजार ५२, युनाइटेड इन्स्योरेन्स कम्पनी रु एक करोड ३८ लाख ४२ हजार ३६५ र शिवम् सिमेन्टको शेयर रु एक करोड २७ लाख ९३ हजार ४६० मा खरीद बिक्री भए ।
बढेको बजारमा युनियन हाइड्रोपावरका लगानीकर्ताले ४.१० प्रतिशतले गुमाए । त्यसैगरी राधी विद्मुत कम्पनीका शेयरधनीले ३.९२, सिर्जना फाइनान्स ३.७७, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २.०२ र श्री इन्भेष्टमेन्ट फाइनान्सका शेयरधनीले १.८८ प्रतिशतले गुमाए ।
सिभिल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १०÷१० प्रतिशत, लक्ष्मी लघुवित्त वित्तीय संस्था ९.९९ तथा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९५÷९.९५ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार