अधिकारको सम्मान गर : नेपाल पत्रकार महासङ
नेपालबहस संवाददाता
साउन १५, २०७६ बिहिबार १:४:४४
काठमाडौं । नेपाल पत्रकार महासङले पत्रकारको पेशा तथा जनताको सुसूचित हुने अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । महासङका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै शुक्लागण्डकी नगरपालिका तनहुँकी उपप्रमुख सविता रसाइलीले पत्रकार सम्मेलनमार्फत पत्रकारमाथि गरेको दुर्व्यवहारको घटनाप्रति ध्यानाकर्षण भएकाे जनाउँदै पत्रकारको पेशा तथा जनताको सुसूचित हुने अधिकारको सम्मान गर्न आग्रह गरेका हुन् ।
उनका अनुसार गत साउन १० गते उपप्रमुख रसाइलीले नगरपालिकाको सभाकक्षमा ढुङ्गागिटीका बारेमा पत्रकार सम्मेलन गर्ने भन्दै पत्रकारमाथि अभद्र तरिकाले उत्रिनुका साथै पत्रकारलाई लाञ्छना लगाउँदै दुर्व्यवहार गरेकी थिइन् ।
यसैगरी महासङ्घले तेह्रथुमबाट प्रकाशित हाम्रो सवाल डटकमका सम्पादक अमृत बाँस्तोलालाई उक्त अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर प्राथमिक स्वास्थ्य केन्द्र, सङ्क्रान्ति तेह्रथुमका स्वास्थ्यकर्मी सन्तोषप्रसाद साहले साउन ३ गते फोनमार्फत उक्त समाचार हटाउन दबाब दिँदै धम्की दिएकोप्रति आपत्ति जनाएको छ । समाचार प्रकाशन भएको विषयमा असहमति भए उजूरी गर्ने निकाय हुँदाहुँदै पत्रकारमाथि दुर्व्यवहार तथा धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासङकाे ठहर छ । महासङले घटनाको सत्यतथ्य छानविन गरी घटनाका दोषीमाथि कारवाही गर्न माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
खुला सीमाले पर्साका युवा लागुऔषधको कुलतमा फसे
मंसिर १, २०८१ शनिबार
बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार