भूकम्पबाट क्षतिग्रस्त ७० सरकारी भवन पुनःनिर्माण, बाँकी भवन चालु आर्थिक वर्षमै सम्पन्न हुने
नेपालबहस संवाददाता
साउन १५, २०७६ बिहिबार १:४४:४४
काठमाडौं । चारवर्ष अघिको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनमध्ये ७० वटाको पुनःनिर्माण सम्पन्न भएको छ ।
सरकारी स्रोतबाट ३० र एशियाली विकास बैंक ‘एडिबी’को ऋण सहयोगमा बनेका ४० भवन निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ‘भवन’ का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारी स्रोतबाट पुनःनिर्माण भइरहेका बाँकी २१ भवन चालु आर्थिक वर्षमै सम्पन्न हुनेछन् ।
एडिबीको ऋण सहयोगमा पुनःनिर्माण भइरहेका बाँकी २९ भवनको पुनःनिर्माण विसं २०७६ पुससम्ममा सम्पन्न भइसक्ने पनि उनले बताए । पुनःनिर्माण तथा प्रवलीकरण गर्न बाँकी रहेका संरचना बनाउने प्रक्रिया थालिएको छ ।
साझा प्रकाशन, गोरखापत्र संस्थान, रेडियो नेपालको भवनको सम्झौता सम्पन्न भएको छ भने सिंहदरबार पश्चिम ढोकाको दुवैतर्फका भवनको बोलपत्र आह्वान गरिएको छ ।
भारतीय ऋण ‘एक्जिम बैंकमार्फत्’ सहयोगमा पुनःनिर्माण हुने ललितपुरस्थित एकीकृत प्रशासनिक भवनको सार्वजनिक खरीदको सूचना प्रकाशन भएको छ ।
सोही ऋण सहयोगमा बन्ने गोरखा, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, ओखलढुङ्गा तथा सोलुखुम्बुका कारागार भवन पुनःनिर्माणको प्रक्रिया अघि बढाउन गृहकार्य जारी छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारी भवनसहित भूकम्पबाट क्षति भई बनाउन बाँकी संरचना समयमा पुनःनिर्माण गर्नका लागि योजना बनाएर अघि बढेको बताए।
एकाई ९भवन० का अनुसार ठूला सरकारी तथा सार्वजनिक भवनको प्रवलीकरणको काम पनि अघि बढेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० सचिवालयको प्रवलीकरण यसअघि नै सम्पन्न भइसकेको छ ।
सिंहदरबार मूल भवनको पश्चिम भागबाहेक तीनवटै खण्डको प्रवलीकरण जारी छ । पश्चिम भागको बोलपत्र प्रकाशित भएको छ । त्यसैगरी, बाल मन्दिर, केशरमहल तथा केन्द्रीय कानून पुस्तकालय भवनको प्रवलीकरणको पनि बोलपत्र प्रकाशित भएको छ ।
राष्ट्रपति कार्यालय ‘शीतल निवास’, यसअघि उपराष्ट्रपतिको कार्यालय रहेको बहादुर भवन एवं घण्टाघरसँग जोडिएको त्रिचन्द्र कलेज भवन पनि प्रवलीकरणको डिजाइन चरणमा छन् । नेपाल राष्ट्र बैंककै लगानीमा बालुवाटार र थापाथलीका भवनको निर्माण जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार