संभव भएसम्म राम्रो गर्नु, कम्तिमा बदनामी हुने कर्मबाट जोगिनु !
नेपालबहस संवाददाता
साउन १५, २०७६ बिहिबार २:४:५९
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बदाई तथा शुभकामना दिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार अपराह्न आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पद तथा गोपनियताको शपथ गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रवक्ता शर्माले भट्टराईलाई संभव भएसम्म राम्रो गर्नु,कम्तिमा बदनामी हुने कर्मबाट जोगिनु भन्दै शुभकामना दिएका हुन् ।
सामाजिक सञ्जालमा शुभकामना दिदै प्रवक्ता शर्मा भन्छन्, विद्यार्थी राजनीतिकाे क्रममा हार्दिकता र द्वन्द्वको दुई खाले मनस्थितिमा काम गरेको ब्यक्तिगत अनुभव भएका योगेश भट्टराई मन्त्रीका रूपमा सुयोग्य हुनसक्छन् । नयाँ जिम्मेवारीका लागि पुराना मित्रलाई हार्दिक बधाई छ, उनको फेसबुक स्टाटसमा भनिएकाे छ ।
तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विस २०७५ फागुन १५ गते ताप्लेजुुङमा भएको हेलिकप्टर दुुर्घटनामा निधन भएको थियो । यसपछि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनः, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कार्यक्रममा सहभागी थिए ।
साथै संवैधानिक निकायमा प्रमुख, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, सांसद तथा नेकपाका नेता तथा कार्यकर्ताको कार्यक्रममा सहभागी थिए । ताप्लेजुुङ जिल्लाबाट प्रतिनिधिसभामा भट्टराई निर्वाचित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार