‘सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढ्यो’ : नेपाल प्रहरी
नेपालबहस संवाददाता
साउन १५, २०७६ बिहिबार ३:११:५
काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मुलुकमा अपराधको सङ्ख्या वृद्धि हुँदै गएको बताएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले बुधबार आयोजना गरेको ‘लैङ्गिक हिंसा सम्बन्धी छलफल तथा अन्तक्र्रिया’मा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विभिन्न आपराधिक घटनामा वृद्धि भएको बताइएको हो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृति र सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढेको बताए ।
“गतवर्ष प्रहरीले ९७.५ प्रतिशत अपराधको सफल अनुसन्धान गरेको छ,”–उनले भने । सामाजिक विकृतिका कारण समाजमा देखिएका लैङ्गिक हिंसा, घरेलु हिंसा, हत्या आत्माहत्या घटनामा वृद्धि भएकाले यसलाई न्यूनीकरण गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जकी प्रहरी निरीक्षक अनिता महतले समुन्नत समाज निर्माण गर्न प्रहरीले विद्यालय तहदेखि नै सचेतनात्मक प्रशिक्षण सञ्चालन गरेको बताउँदै नेपाल प्रहरीले महिला र बालबालिकाको मुद्दामा गम्भीर भएर अनुसन्धान गरेको उल्लेख गरे ।
सामुदायिक प्रहरी सेवा केन्द्र बाँसबारीका अध्यक्ष रमेश खड्काले लैङ्गिक हिंसा तथा सामाजिक विकृतिका विरुद्ध सामुदायिक सेवा केन्द्रले काम गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
सीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा
मंसिर २४, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार