देशमा मनसुनी गतिविधि कमजोर, केही भूभागको तापक्रम बढ्दै
नेपालबहस संवाददाता
साउन १६, २०७६ बिहिबार १४:२१:३९
काठमाडौं । मनसुनी न्यूनचापीय रेखा ‘मनसुनी वर्षा गराउने प्रणाली’ नेपालबाट दक्षिणतिर सरेकाले केही दिनदेखि मनसुनी गतिविधि कमजोर भइरहेको छ ।
बिहीबार पनि देशभरको मौसम सामान्य बदलीको अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधि कमजोर भएका कारण ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदहरुले बताएका छन् ।
स्थानीय वायुको प्रभावका कारण केही भूभागमा सामान्य वर्षा हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।अबको केही दिनमा मनसुनी गतिविधि सक्रिय हुने मौसमविद्हरुले पूर्वानुमान गरेको छन् ।
अहिले दक्षिणतिर सरिरहेको मनसुनी न्यूनचापीय रेखा अबको २र३ दिनमा पूर्वतिर सर्ने सम्भावना भएकाले मनसुनी गतिविधि बढ्ने महाशाखाले जनाएको हो । मनसुनी गतिविधि कमजोर बन्दा केही दिनदेखि देशका अधिकांश भूभागको तापक्रम बढ्दै गइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
पुष ८, २०८१ सोमबार
२९ अंकले बढेर २६१२ मा रोकियो नेप्से, ३२८ कम्पनीका शेयर खरिदबिक्री भए
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
एचआईभी संक्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट वञ्चित
पुष ८, २०८१ सोमबार