पूर्व पश्चिम विद्युतीय रेलमार्गको डिपिआर तयार
नेपालबहस संवाददाता
साउन १६, २०७६ शुक्रबार १:५५:१
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्व पश्चिम विद्युतीय रेलमार्गको डिपिआर तयार भएको बताएका छन् ।
बिहिबार बसेको राष्ट्रियसभा बैठकमा उनले विद्युतीय रेलमार्गको मेचीदेखि कञ्चनपुरको गड्डा चौकीसम्मको भागको ९ सय ४५ किलोमिटरको डिपिआर तयार भएको बताएका हुन् । उनले सरकारले ३ सय विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको बताउँदै बस खरिदका लागि साझा यातायातलाई असार ३१ गते ३ अर्ब निकासा गरेको बताए ।
काठमाडौं उपत्यकामा बिधुतिय सवारी साधानलाई व्यवस्थीत गर्न छुट्टै प्राधिकरण गठन भएको उनको भनाई छ । उनले मुलुकका सवै प्रदेशमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन राख्ने सम्झौता भएको पनि जानकारी दिए ।
मन्त्री महासेठले काठमाडौं रसुवा–केरुङ र काठमाडौ–वीरगञ्ज विद्युतीय रेलमार्गका लागि प्रि फिजिबिलिटीको काम भएको बताउँदै काठमाडौं पोखरा रेलमार्गको पनि अध्ययन गर्ने बताए ।
बैठकमा सांसदहरुले नेपाल सरकारबाट लागू गरिएको वातावरणमैत्री सवारी र यातायात नीति, २०७१ र विद्युतीय सवारी सम्बन्धी राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनको अवस्थाका सम्बन्धमा जानकारी गराउन दर्ता गराएको ध्यानाकर्षण प्रस्तावमा छलफल भएको हो ।
त्यसअघि बैठकको बिशेष समयमा बैठकमा नेकपाका सांसद खीमलाल भट्टराईले मुलुकको गौरवका रुपमा रहेको त्रिभुवन विश्वविद्यालयको केही महीनापछि रिक्त हुन लागेको उपकुलपति र पदाधिकारी दलीय भागबण्डाका आधारमा नभई खुला प्रतिस्पर्धाका आधारमा छनोट गर्ने कार्यविधि बनाउन सरकारलाई सुझाव दिए ।
नेपाली काङ्ग्रेसका सांसद राधेश्याम अधिकारीले केही दिनयता तरकारी, माछामासु र अत्यावश्यक दैनिक खाद्यवस्तुमा अत्यधिक मूल्यवृद्धि भइरहेको प्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद दिलकुमारी रावलले आवश्यकता र औचित्यका आधारमा नभई प्रभाव र पहँुचका आधारमा योजना बनाउने अनि एउटै ठेकेदारलाई एकपछि अर्काे थप्ने प्रवृत्तिले राज्यको विकास र समृद्धिको नारा कार्यान्वयन गर्न चुनौती खडा भइरहेको बताए ।
बैठकले राष्ट्रिय खेलकुद विकास विधेयक २०७५ सर्वसम्मतले पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक साउन २२ गते बस्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार