योगेशमय बनेको सामाजिक सञ्जाल, चमत्कारको अपेक्षा नगरौं
इन्द्र रिजाल
साउन १६, २०७६ शुक्रबार २:२९:२६
काठमाडौं । नवनियुक्त मन्त्री योगेश भट्टराई बढो भावविह्वल हुँदै आज बिहानै बल्खुस्थित मदन भण्डारीको सालिकमा माल्यार्पण गर्न पुगे । त्यहाँ उपस्थित सञ्चारकर्मीसँग भने – म असफल भएको महशुस हुने बित्तिकै पद त्याग गर्ने छु ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीहरुसँग एक वर्षे कार्यसम्पादन करारनामा गरेको सन्दर्भमा पत्रकारले जिज्ञासा राख्दा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका योगेशले भने “नेपाललाई बिश्वकै आकर्षक गन्तव्य बनाउने मेरो पहिलो लक्ष्य हुनेछ । सोही बमोजिम करार गर्ने हो , त्यसमा असफल भएको महशुस हुनासाथ म आफैं राजिनामा गर्नेछु ।”
मानीलिउँ मुलुकमा कुनै महानकार्यको थालनी योगेशको सरकारमा आगमनबाट मात्रै भएको छ । नेपालको राजनीतिक इतिहाममै सर्वाधिक महत्वको निर्णय भए जसरी सामाजिक सञ्जाल रंगिएका छन् । बधाई छ कमरेड योगेश, तपाईबाट ठूलो अपेक्षा गरेको छ मुलुकले । यस्ता स्टाटसले फेसबुक र ट्वीटरका भित्ता रंगिएका छन् ।
‘देशलाई समृद्ध बनाउने हो भने पर्यटन उद्योग फस्टाउनु पर्छ , यसका लागि काम गर्ने हो , मेरो लक्ष्य पनि सोही हुने छ’ – योगेशले भनेका छन् । प्रधानमन्त्रीसँग करार गर्दा यही नै लक्ष्य निर्धारण हुने उनको भनाई थियो । अरु मन्त्रीले हिजो बुधबार नै प्रधानमन्त्रीसँग द्विपक्षीय करारनामा गरिसकेका छन् । योगेश हिजै मात्र मन्त्री नियुक्त भएकाले करार गर्न बाँकी रहेको छ ।
योगेशमय सोसल मिडिया
प्रधानमन्त्री ओलीले लगभग छ महिनादेखि रिक्त संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा युवा नेता योगेश भट्टराईलाई नियुक्त गरेपछि सामाजिक सञ्जाल योगेशमय बनेको छ । मानीलिउँ मुलुकमा कुनै महानकार्यको थालनी योगेशको सरकारमा आगमनबाट मात्रै भएको छ । नेपालको राजनीतिक इतिहाममै सर्वाधिक महत्वको निर्णय भए जसरी सामाजिक सञ्जाल रंगिएका छन् । बधाई छ कमरेड योगेश, तपाईबाट ठूलो अपेक्षा गरेको छ मुलुकले । यस्ता स्टाटसले फेसबुक र ट्वीटरका भित्ता रंगिएका छन् ।
ओली प्रधानमन्त्री भएपछि सबैभन्दा गतिलो काम नै योगेशलाई मन्त्रिमण्डलमा भित्र्याउँदा भए जस्तो देखिएको छ । योगेश आफैंमा नराम्रा मानिस नहुन सक्लान् । तर उनले अब गर्ने काम नै मूल्याङ्कनको आधार हुनुपर्छ ।
ओलीले हिजो बुधबार योगेशलाई सिंहदरबार बोलाए । अनि मन्त्री पद लिन आग्रह गरे । योगेशले पनि ओलीको प्रस्ताव तत्कालै स्वीकारे । स्वयं ओलीलाई योगेशले यति सहजै स्वीकार्लान भन्ने लागेको थिएन । किनभने कतिपय अनौपचारिक छलफलमा ओली सरकार सिनो झैं गन्हाइसकेकाले यो क्याबिनेटमा नबस्ने टिप्पणी उनी गर्ने गर्थे । तर ओलीले प्रस्ताव गरेलगत्तै योगेशले पद स्वीकार गरेका छन् । यो विषयमा उनले माधव नेपालसँग कुनै सल्लाह गरेनन् ।
ओलीको दाउ
ओली अहिले सबैभन्दा अफ्ठेरोमा छन् । एकलौटी गरेको भन्दै उनीविरुद्ध पार्टी भित्र र बाहिर मोर्चाबन्दी छ । सबैतिरबाट घेराबन्दीमा परेका ओली गलित अवस्थामा पुगेका छन् । त्यसैले सहमति र सहकार्यको भाषा ओलीका लागि बाध्यता बनेको छ ।
महान राष्ट्रवादी छवि बनाएर सत्ताको बागडोर हत्याएका ओलीको सक्कली अनुहार सार्वजनिक भएको छ । यसले ओलीको नैतिक धरातल नै धरापमा परेको छ । त्यसैले बाध्यात्मक अवस्थाका कारण उनले आफ्ना कटु आलोचक योगेशलाई मन्त्री बनाएका हुन् । भित्री मनले नमाने पनि ओली अहिले योगेशलाई जिम्मेवारी दिन बाध्य बनाइएका हुन् ।
ठूलो अपेक्षा नगरौं
चौतर्फी विवाद र दवावमा परेका प्रधानमन्त्री ओलीको रुची र चाहनामा आएका होइनन् योगेश । त्यसैले उनले पर्यटन मन्त्रालयमा कुनै चमत्कार गर्लान् भन्ने अपेक्षा नगरे हुन्छ । गएको महाधिवेशनमा ओली विरोधी पक्षबाट सचिव निर्वाचित योगेश प्रधानमन्त्रीको प्रिय होइनन् । ओलीको खरो आलोचना गर्ने मध्ये उनी अग्रपंक्तिमा आउने गर्छन् ।
ओली निकट कतिपयले योगेशलाई मन्त्रिमण्डलमा समेट्न पटक पटक सुझाव आएपनि मानेका थिएनन् । तर पछिल्लो समय पार्टी भित्र ओलीको अवस्था रक्षात्मक बनेपछि भने उनी गलेका थिए । त्यसैले छ महिना खाली राखेको मन्त्रालय उनले विभिन्न दवावका कारण योगेशलाई जिम्मा लगाएका छन् , तर भारी मनले ।
जे भएपनि योगेशको भित्री चाहना ओली मन्त्रिमण्डलमा जाने नै रहेको बुझिएको छ । यसबाट उनी पनि पदका लागि समय र परिस्थिति अनुसार चल्नुपर्छ भन्ने मान्यतामा रहेको पुष्टि हुन्छ । पद नपाउँदा मात्रै अमिलो अंगुर भन्ने प्रवृत्ति योगेशमा पनि देखिएको छ ।
उता, योगेश पनि मन्त्री पाएपछि माधव नेपाल समूहबाट अलि टाढिने अवस्था आएको छ । ओलीले हिजो बुधबार योगेशलाई सिंहदरबार बोलाए । अनि मन्त्री पद लिन आग्रह गरे । योगेशले पनि ओलीको प्रस्ताव तत्कालै स्वीकारे । स्वयं ओलीलाई योगेशले यति सहजै स्वीकार्लान भन्ने लागेको थिएन ।
किनभने कतिपय अनौपचारिक छलफलमा ओली सरकार सिनो झैं गन्हाइसकेकाले यो क्याबिनेटमा नबस्ने टिप्पणी उनी गर्ने गर्थे । तर ओलीले प्रस्ताव गरेलगत्तै योगेशले पद स्वीकार गरेका छन् । यो विषयमा उनले माधव नेपालसँग कुनै सल्लाह गरेनन् ।
जे भएपनि योगेशको भित्री चाहना ओली मन्त्रिमण्डलमा जाने नै रहेको बुझिएको छ । यसबाट उनी पनि पदका लागि समय र परिस्थिति अनुसार चल्नुपर्छ भन्ने मान्यतामा रहेको पुष्टि हुन्छ । पद नपाउँदा मात्रै अमिलो अंगुर भन्ने प्रवृत्ति योगेशमा पनि देखिएको छ ।
हालसम्म सार्वजनिक ओहदामा नपुगेकाले योगेशले केही गर्लान् भन्ने मानिसको अपेक्षा हुनसक्छ । तर ओली आफैं कमजोर र रक्षात्मक अवस्थामा पुगेका बेला योगेशले के गर्लान् ? एउटा मन्त्रीले चाहेको केही हुने अवस्था देखिएको छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
रुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार