बाजुरामा मध्यरातमा पहिरो : दुईको मृत्यु, पाँच घाइते
नेपालबहस संवाददाता
साउन १७, २०७६ शुक्रबार १३:१८:४३
बाजुरा । लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
राति करीब १ बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ । पहिरोमा परी थप पाँच घाइते भएका छन् । घाइते हुनेमा ९० वर्षीय जङ्गे चदारा, जडेनी चदारा, सुके चदारालगायत छन् ।
जङ्गे चदाराको गौमुल गाउँपालिकाको घटमुना शहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रनाउ भाटको भनाइ छ । वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले जानकरी दिए ।
थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र घटमुना प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ गइसकेको बताइएको छ । जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको उच्च जोखिममा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार