गुँलापर्वमा आजबाट सुरु, दुर्लभ न्याकुबाजा प्रयोगमा ल्याइने
नेपालबहस संवाददाता
साउन १७, २०७६ शुक्रबार १६:४६:४४
काठमाडौं । एक महीना सम्म विशेषगरी बौद्ध धर्मावलम्बीहरूले धुमधामका साथमनाउने गुँलापर्व आजदेखि शुरु भएको छ । यो पर्व नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महीना मनाइने गर्दछन् । पर्वको अवसरमा यस वर्ष मध्यपुरथिमिमा दुर्लभ मानिने न्याकुबाजा प्रयोगमा ल्याइएको छ ।
विशेषगरी जङ्गली अर्ना भैँसीको सिङबाट तयार गरिने यो बाजा थिमिमा करीब दुई दशकपछि प्रयोगमा ल्याएको हो । यसका साथै यस वर्ष चतीबाजा (भेँडाको सिङबाट बनेको बाजा)समेत प्रयोगमा ल्याइने बताइएको छ ।
यस वर्षको गुँलापर्वमा चती, न्याकुलगायतका मौलिक बाजासहित धाःबाजा, भुस्याः, धिमेलगायतका बाजागाजाका साथ गुँलापर्व मनाउने तयारी छ । मध्यपुरथिमिमा गुँलापर्वको अवसरमा नगरका बहाः, बही, चैत्यलगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन रहेको छ । साथै काभ्रेको नमोबुद्ध, काठमाडौँस्थित स्वयम्भू महाचैत्य र बौद्ध स्तूप, साँखुको बज्रयोगिनी तथा कीर्तिपुरको चोभारस्थित आदिनाथको समेत दर्शन गर्ने प्रचलन रहेको छ ।
पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँलापर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । धाःबाजा, बाँसुरी, धिमेबाजा, भुस्याबाजा बजाएर पनि चैत्यहरूका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरवलगायतका देवी–देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ । साथै बौद्ध धर्मावलम्बीबाहेकका समुदायसमेत गुँलापर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जान थालेका छन् ।
यस वर्ष गुँलापर्वको अवसरमा मध्यपुरथिमिमा वाचुनानीबाट गुँलाबाजा निकालिने भएको छ । मध्यपुरथिमि–५ स्थित वाचुनानीका स्थानीयवासीले मध्यपुर गुँलाबाजा व्यवस्थापन समिति गठन गरी गुँलाबाजा निकालेको हो । समितिका अनुसार यस वर्ष साउन २० गते नागपञ्चमीको दिन चाँगुनारायण, साउन ३० गते जनै पूर्णिमाको दिन ललितपुर कुम्भेश्वर, कृष्ण मन्दिर र बालकुमारी मन्दिर, साउन ३१ गते शुक्रबार गाईजात्राको दिन मध्यपुरथिमि नगरपरिक्रमा, भदौ ६ गते कृष्णाष्टमीको दिन काठमाडौँको स्वयम्भू, विजेश्वरी, शोभा भगवती, इन्द्रायणी, महाँकाल, भदौ ११ गते जुह्रेचह्रेको दिन सूर्यविनायक गणेश मन्दिर र भक्तपुर नगरपरिक्रमा, भदौ १४ गते बुङ्गमती, कार्यविनायक, खोकना, चोभार परिक्रमा गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामा गुरुबाट विशेष पूजा र मन्त्रोच्चारण गरी शीतलनिवासमा सोनाम ल्होसारको शुभारम्भ
माघ १५, २०८१ मंगलबार
मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो
माघ १३, २०८१ आइतबार
देवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार