मलेम्चीको पाइप सफा गर्ने क्रममा २ जनाको मृत्यु
नेपालबहस संवाददाता
साउन १७, २०७६ शुक्रबार १८:३२:१०
काठमाडौं । काठमाडौंको बालाजुमा २ जना मदजुरको मृत्यु भएको छ । उनिहरुको मलेम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकोे छ ।
मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साह छन् । उनीहरु दुवैजना दाजुभाई हुन् । गेटभल्व सफा गर्न दुवैजना दाजुभाई बिहीबार राति १० बजेतिर बालाजु चोकस्थित मलेम्ची खानेपानी आयोजनाको पाइपभित्र छिरेका थिए । पाइपभित्र छिरेको १ घण्टासम्म पनि दुवै जना बाहिर नआएपछि अरु मजदुरले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले स्काभेटरको प्रयोग गरी गेटभल्व रहेको ठाउँमा खनेर दुवैजनालाई बाहिर निकालेको थियो । दुईजनामध्ये १ जनाको बाहिर निकालेर उपचार गर्न लैजाने क्रममा बाटोमा र अर्काको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार