सहकारीहरुले अब १६% भन्दा धेरै व्याजदरमा ऋण लगानी गर्न नपाउने
नेपालबहस संवाददाता
साउन १७, २०७६ शुक्रबार २१:२४:१२
काठमाडौं। सहकारीहरुले अबदेखि १६ प्रतिशतभन्दा माथी कर्जा प्रवाह गर्न नपाउने भएका छन्। आइतबारदेखि मुलुकभरका सहकारीहरुलाई लागु हुने गरी सन्दर्भ व्याजदर लागु गरिएको सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिएका छन्।
सहकारीहरुले पहिले पहिले जतिसुकै व्याजदरमा कर्जा प्रवाह गरेको भए पनि आइतबारदेखि सम्पुर्ण कर्जाको व्याजदर १६ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरिएको हो। कतिपय बैंकहरुले निक्षेप नै १६ प्रतिशत भन्दा धेरै दिइरहेको सन्दर्भमा यस्तो नियमले ति बैंकलाई असहज हुने देखिएको छ। कुनै पनि सहकारीले १६ प्रतिशत भन्दा माथि कर्जा प्रवाह गरेको पाइएमा विभागले कारबाही गर्ने पाण्डेले जानकारी दिए।
सहकारीले सन्दर्भ व्याजदर निर्धारण भएसँगै बचतमा भारित औसत व्याजदरभन्दा सामान्यतया बढी, ऋणमा भारित औसत व्याजदरभन्दा सामान्यतया घटी र बचत र ऋणको व्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी हुनुपर्ने व्यवस्था गरेको हो। सहकारी विभागले सन्दर्भ व्याजदर तोक्दा बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आवद्ध संस्था र संघहरुको औसत व्याजदरलाई लिएको बताइएको छ ।
सहकारी बैंकहरुको औसत व्याजदर, बाणिज्य बैंकहरुको औसत व्याजदर, नेपाल राष्ट्र बैंकले अध्ययन गरेका प्रतिवेदनहरु, राष्ट्रिय सहकारी महासंघले दिएका सुझावका आधारमा यस्तो दर निर्धाण गरेको हो।
सहकारी ऐनको दफा ५१ र सहकारी नियमावली २०७५ को व्यवस्थालाई टेकेर विभागले पहिलो पटक व्याजरको सिलिङ तोकेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
बालुवाटारमा कांग्रेस नेतालाई प्रधानमन्त्री प्रचण्डको निम्तो
जेठ ४, २०८१ शुक्रबार
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
जेठ ४, २०८१ शुक्रबार
निकुञ्ज घुम्ने विदेशी पर्यटकको संख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ
जेठ ४, २०८१ शुक्रबार