तीन बर्षमा गरिबी शुन्यमा झार्ने मन्त्री अर्यालको दावी
इन्द्र रिजाल
साउन १७, २०७६ शुक्रबार २२:५:१४
स्याङ्जा । नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अबको तीन बर्षमा गरिबीलाई शुन्यमा झार्ने सरकारको लक्ष्य रहेको बताएकी छन् । गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमको थप १२ जिल्लाका लागि स्याङ्जाबाट शुभारम्भ गर्दै मन्त्री अर्यालले अबको तीन बर्षपछि गरिबीको तथ्याङ्क नदेखिने बताएकी हुन् ।
२६ जिल्लामा लागु भएको गरिब घर परिवार पहिचान संकलनको कार्यक्रम मन्त्री अर्यालले आफ्नो गृह जिल्ला स्याङ्जाबाट १२ जिल्लाका लागि शुभारम्भ गरेकी हुन् । कार्यक्रम शुभारम्भ गर्दै मन्त्री अर्यालले विगतका बर्षहरुमा बिना लक्ष्य र बिना पहिचानका आधारमा कार्यक्रम संचालन गरिकाले प्रभावकारी हुन नसकेको बताईन् ।
सरकारले अहिले कम्प्युटरबेसबाट घर—घरमा पुगेर पहिचानको संकलन कार्य अगाडी बढेकाले यो कार्यक्रम प्रभावकारी हुने विश्वास मन्त्री अर्यालको छ । नागरिक गरिब जन्मसिद्ध हुने होइन् मन्त्री अर्यालले भनिन्,“ अशिक्षा, पछौटेपन, सामाजिक संस्कार लगायत गरिब बन्ने पक्ष हुन् ।” तत्पर्यता, धैर्य, चेतनाले नै जीवन बदलिने भएकाले जानेबुझेका व्यक्तिले चेतना थपिदिने दायित्व बहन गर्र्नुे मन्त्री अर्यालको कथन थियो ।
यो कार्यक्रमले स्थानीय, प्रदेश सरकारलाई समेत सघाउ पुग्ने मन्त्री अर्यालले बताईन् । १७ प्रतिशत गरिबीको तथ्याङ्कबाट अहिले १३ प्रतिशतमा झरिसकेको बताउदै मन्त्री अर्यालले अबको तीन बर्षमा गरिबीलाई शुन्यमा लैजाने बताईन् । नेपाली जनतालाई आर्थिक, सामाजिक रुपमा समृद्ध बनाउने लक्ष्यका साथ सरकार अगाडी बढेको बताउदै मन्त्री अर्यालले यस कार्यमा प्रतिपक्षी दल र नेपाली जनताले सरकारलाई सहयोग गर्न आग्रह गरिन् । प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि धेरै संघर्ष गरेर गणतन्त्रसम्म आईपुग्दा पनि नेपाली जनतालाई विकासको राहत दिन नसकेमा हामीले गरेका आन्दोलनको उपलव्धी नहुने मन्त्री अर्यालको भनाई थियो ।
गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम आजबाट ताप्लेजुङ्, धनकुटा, महोतरी, काभ्रे, रसुवा, म्याग्दी, लमजुङ्, बाँके, दैलेख, डडेलधुरा, दार्चुला र स्याङ्जामा एकै साथ शुभारम्भ भएको छ । पहिलो चरणमा २६ जिल्लामा शुरु भएको थियो भने दोस्रो चरणमा १२ जिल्लामा शुरु गरिएको मन्त्रालयले जनाएको छ । बाँकी ३९ जिल्लामा छिट्टै शुभारम्भ हुने मन्त्री अर्यालले बताईन् । स्थानीय सरकारले तथ्याङ्क संकलनमा आवश्यक सहयोग गरिदिन पनि मन्त्री अर्यालको आग्रह छ ।
कार्यक्रममा गण्डकी प्रदेशका विद्यायन समितिका सभापति मोहन रेग्मी, संविधान सभाका सदस्य टेकु नेपाली, वालिङ नगरपालिकाका कार्यबहाक नगर प्रमुख कल्पना तिवारी, गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारी, अर्जुनचौपारी गाँउपालिकाका अध्यक्ष दीर्घनारायण अर्याल, प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, नेकपाका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे, नेपाली कांग्रेसका प्रतिनिधि सरस्वती तिवारी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, जिल्ला समन्वयका कार्यबहाक प्रमुख गुमानसिंह थापा लगायतका बक्ताहरुले सरकारले ल्याएको यो कार्यक्रम अत्यन्तै राम्रो रहेको बताएका थिए । कार्यक्रमलाई प्रभावकारी बनाउन बोल्ने वक्ताहरुले सरकारलाई आग्रह गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपधर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
रुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार