उपत्यकाबाट चोरीमा संलग्न चार जना पक्राउ
नेपालबहस संवाददाता
साउन १७, २०७६ शुक्रबार २३:६:३
काठमाडौं । महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने कार्यमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नागार्जुन नगरपालिका-४ बस्नेहरु २४ वर्षीय अमित तुलाधर, २१ वर्षीय अब्य तुलाधर तथा ३३ वर्षीय हरिकृष्ण तिवारी र काठमाडौं सितापाईला बस्ने जुम्ला सिंजा धाफा घर भएका २५ वर्षीय हरि शर्मा रहेका छन् ।
वर्ल्डलिन्क कम्युनिकेशन प्रालि जवालाखेल कुसुन्ति शाखाबाट नगद १६ लाख ८० हजार १ सय ६३ रुपैयाँ बराबरको ईन्टरनेटमा प्रयोग हुने बिभिन्न डिभाइस लोड गरी ट्रान्सएयर ईन्टरनेसनल लोजिस्टिक प्रालि डोमेस्टिक कार्गोबाट चितवन, हेटौंडा र बुटवलतर्फ लैजाने क्रममा काठमाडौं शंखमुलस्थित सडकबाट साउन ८ गते उक्त सामान चोरी भएको थियो ।
विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र गुडीरहेका गाडीबाट बिभिन्न सामानहरु चोरी गर्ने कार्यमा संलग्न रहेका मानिसहरुको खोजी गर्ने क्रममा उक्त डिभाइस चोरी गरी लाने कार्यमा संलग्न उनीहरुलाई ३ कार्टुन डिभाइस सहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार