महाकालीमा झोलुङ्गे पुल सञ्चालन : जोखिमपूर्ण ट्युबको यात्रा अन्त्य
नेपालबहस संवाददाता
साउन १८, २०७६ शनिबार १३:३०:५१
नरेन्द्रसिह कार्की / रासस
दार्चुला । निर्माण सम्पन्न भएको आठ महिनापछि महाकाली नदीमाथि बनेको लाली र भारत पिथौरागढको डड्या जोड्ने पुलको औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
नेपाल सरकारले तुइन तथा ट्युब विस्थापन कार्यक्रमअन्तर्गत निर्माण भएको झोलुङ्गे पुलको औपचारिक रूपमा आज उद्घाटन गरिएको हो ।
लेकम गाउँपालिका–३ लालीस्थित निर्माण भएको झोलुङ्गे पुलको नेपाल र भारतका अधिकारीहरूले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । नेपालका तर्फबाट जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्ट, लेकम गाउँपालिकाका अध्यक्ष प्रमानन्द जोशी, भारत पिथौरागढका विधायक विशनसिह चुफाल, जिल्ला अधिकारी विजयकुमार जोगदण्डेलगायत दुवै देशका सुरक्षा अधिकारीको सहभागिता थियो ।
भारतको उत्तराखण्ड सरकारले पिथौरागढ जिल्लाका मजिस्ट्रेट कार्यालयले गत सोमबार पत्र लेखेर लाली पुल सञ्चालनका लागि अनुमति दिएको थियो । भारतको उत्तराखण्ड सरकारका उपसचिव रणजित सिंहले पिथौरागढका मजिस्टे«टलाई चिठी लेखेर भारतको गृहमन्त्रालय र उत्तराखण्डको गृह मन्त्रालयले पुल सञ्चालन गर्न कुनै आपत्ति नभएको जानकारी गराउँदै पुल सञ्चालन गर्न अनुमति दिएपछि औपचारिक रूपमा पुलको उद्घाटन गरिएको बताइएको छ ।
पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले देशभरका तुइन विस्थापन गर्ने घोषणा गरे । सोही कार्यक्रमअन्तर्गत लालीमा ट्युब विस्थापन गर्दै झोलुङ्गे पुल निर्माण गरिएको हो । नेपाल सरकारको रु एक करोड ३२ लाख लगानीमा उक्त पुल गत पुस २ गते निर्माण सम्पन्न भएको थियो ।
“पुल सञ्चालन भएपछि जोखिमपूर्ण ट्युबको यात्रा अन्त्य भएको छ”, पुलको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख कार्कीले भने, “अब महाकाली बढ्दा कष्टकर ट्युबको यात्रा सधैँलाई अन्त्य भएको छ ।” नेपाल र भारतका स्थानीयको दैनिक आवतजावतको रूपमा रहेको ट्युब यात्रा अन्त्यको घोषणाले स्थानीयमा आठ महिनापछि खुशी छाएको छ ।
पुल उद्घाटनका लागि पुगेका अधिकारीहरूलाई गाउँपालिका र स्थानीयले भव्य स्वागत गरेका थिए । पुल सञ्चालनमा आएपछि लाली क्षेत्रका नागरिक मात्रै नभएर लेकम गाउँपालिका–१ का सर्मोली र बिनखाली, वडा नम्बर २ का कुणी र गाणागाउँ, ३ का लाली, मकन्ना, ऐरपाली, गुमाखोली र किम्तड, वडा नं ४ का बुडाकोट, खरकडा, पाथी र टकना, वडा नम्बर ५ का रिठाचौपाता, मैखोली, सिरोडा तथा वडा नं ६ का तेनीगाउँ, उचाकोट, मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ बाँकु, वडा नम्बर ६ डाडाकोट र वडा नम्बर ४ हुनैनाथका नागरिक ट्युबको जोखिमबाट मुक्त भएका छन् ।
यस्तै भारतको पिथौगढका जिल्ला अधिकारी जोगदण्डेले पुल सञ्चालनपछि सीमा क्षेत्रका दुवै देशका नागरिकलाई सहज भएको बताए । लेकम गाउँपालिकाका अध्यक्ष प्रमानन्द जोशीले सिङ्गो लेकमका स्थानीयका लागि पुल सञ्चालनले खुशी बढेको बताए । “पुल बन्छ भनेर हल्ला मात्रै सुनेका थियौँ”, लालीका स्थानीय शेरसिंह विष्टले भने, “अब जोखिम यात्रा टुङ्गिएको छ, पुल बने पनि यस क्षेत्रमा भन्सार कार्यालयसमेत आवश्यक छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काँडे भ्याकुर ‘स्पाइनी ब्याबलर’
मंसिर ७, २०८१ शुक्रबार
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
क्रिकेट खेलाडीलाई जनही १÷१ लाखले सम्मान
मंसिर ७, २०८१ शुक्रबार
होटल ली हिमालयमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
मंसिर ७, २०८१ शुक्रबार
छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए
मंसिर ७, २०८१ शुक्रबार