विहार भत्काएर भवन बनाउन खोजेपछि गुठियार आन्दोलित
नेपालबहस संवाददाता
साउन १८, २०७६ शनिबार १५:१९:५६
काठमाडौं । असनस्थित करीब ६०० वर्ष पुरानो कोथुननी विहार नभत्काउन माग गर्दै १५ हजार स्थानीयवासीको हस्ताक्षर सङ्कलन गरिएको छ । गुठी संस्थानले विहार भत्काएर भवन बनाउन खोजेपछि स्थानीयवासीलगायत गुठियार आन्दोलित छन् ।
हस्ताक्षर सङ्कलन समापन कार्यक्रमका अवसरमा सांसद भीमसेनदास प्रधानले मन्दिर, विहारजस्ता धार्मिक संरचना मासेर घर, भवनलगायत संरचना बनाउने काम बढ्न थालेकाले सम्पदा संरक्षणका लागि स्थानीयवासी लाग्नुपर्नेमा जोड दिए ।
“इण्डोनेसियाको बालीमा रहेका हिन्दू मन्दिरकै कारण वार्षिक लाखौँ पर्यटक घुम्न जाँदा रहेछन्, हिन्दू मन्दिरको त्यहाँ संरक्षण भएको छ, मन्दिरै मन्दिरको शहर काठमाडौँका मन्दिर, विहारजस्ता सांस्कृतिक सम्पदा मास्न खोजिँदैछ, यसलाई रोकेर पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्छ”, उनले भने ।
कार्यक्रममा प्रदेशसभा सदस्य वसन्त मानन्धर, अभियानकर्मी उमेश स्थापित, असन कोथुननी बचाउ अभियानका संयोजक नमस्ते सायमीलगायतले भदौ ११ गते असनमा जम्मा भई जुलुससहित सङ्कलित हस्ताक्षर गुठी संस्थानमा बुझाइने जानकारी दिए ।
हस्ताक्षर काठमाडौँ महानगरपालिका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत बुझाइने जनाइएको छ । संस्थानले विहार भत्काई भवन बनाउन ठेक्का लगाएपछि स्थानीयवासी आन्दोलित भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार