ट्राफिक नियम प्रति सचेतना बढ्दै
नेपालबहस संवाददाता
साउन १८, २०७६ शनिबार १६:५:४८
रोल्पा । ट्राफिक सचेतना अभिवृद्धिका कारण रोल्पामा ट्राफिक नियम उलङ्घन गर्ने सवारीसाधनको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घट्दै गएको देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा ट्राफिक नियम उलङ्घन गरी कारवाही पर्ने सवारीसाधनको सङ्ख्या दुई हजार ८३४ रहेको थियो ।
यो सङ्ख्या आव ०७४/०७५ को तुलनामा ७२४ ले कम हो । आव ०७४/०७५ मा यो सङ्ख्या तीन हजार ५५८ रहेको थियो । ट्राफिक नियम उलङ्घन गरेर कारवाहीमा पर्ने सवारीसाधनबाट आव ०७५/०७६ मा रु १५ लाख ३३ हजार ५०० राजश्व सङ्कलन भएको छ ।
आव ०७४/०७५ मा भने त्यसरी उठेको राजश्व रु १८ लाख ८२ हजार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका इञ्चार्ज अम्बर थापाले जानकारी दिए।
जिल्लामा खुल्दै गरेका नयाँ सडक र बजार विस्तारसँगै सवारीसाधनको सङ्ख्यामा समेत वृद्धि भए पनि ट्राफिक प्रहरी जनशक्ति भने निकै कम रहेको छ । जिल्लाभरको लागि १० जना ट्राफिक प्रहरीले काम गरिरहेका छन् । थोरै जनशक्तिको भरमा काम गर्नुपर्ने बाध्यता रहेको इञ्चार्ज थापाको भनाइ छ ।
सदरमुकाम लिवाङ, होलेरी, सुलिचौर र घर्तीगाउँमा अस्थायी पोष्ट राखेर सेवा दिइरहेका छौँ थापाले भने। सवारी चालकलाई सचेतीकरण, अन्तरक्रिया तथा पर्चा पोष्टर वितरणले अघिल्लो वर्षको तुलनामा कारवाही पर्नेको सङ्ख्या कम भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
डेङ्गु सङक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव
भदौ २८, २०८१ शुक्रबार
नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो
भदौ २८, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा
असोज ५, २०८१ शनिबार
दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको कीर्तिमानी दोस्रो जित, सिरिजमा कब्जा
असोज ५, २०८१ शनिबार
इत्तिफाकमाथि अल नासरको शानदार जित
असोज ५, २०८१ शनिबार
नामिबियामाथि युएईको कीर्तिमानी जित
असोज ५, २०८१ शनिबार
एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
असोज ५, २०८१ शनिबार
‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ'
असोज ५, २०८१ शनिबार