आईसीसी वरियतामा नेपाल यथावत
नेपालबहस संवाददाता
साउन १८, २०७६ शनिबार २२:५५:४१
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ को टी-ट्वान्टीको वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै रहेको थियो ।
यसै महिना मलेसियासँगको दुई खेलको टी-ट्वान्टी क्लिन स्विप र सिंगापुरमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपनि नेपालले वरियता सुधार गर्न नसकेको हो । नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ अंक पाएको छ ।
एसोसियट राष्ट्र मध्यको टी-ट्वान्टी वरियतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।
टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन् । यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा न्युजिल्याण्ड रहेका छन् ।
आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरियतामा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ । नेपालले ८ खेलबाट १५२ अंक पाएको छ । एकदिवसीय वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् ।
एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडेभिस कपमा नेपाली लनटेनिस खेलाडी सहभागी हुने
कात्तिक २९, २०८१ बिहिबार
यु–१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज युएईसँग खेल्दै नेपाल
कात्तिक २८, २०८१ बुधबार
लुम्बिनी लायन्समा महानायक राजेश हमाल ब्रान्ड एम्बास्डर नियुक्त
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
आज सुनचाँदीको मुल्यमा सामान्य वृद्धि
कात्तिक ३०, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
दीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दल एनपीपी दुई तिहाई नजिक
कात्तिक ३०, २०८१ शुक्रबार
औपचारिक रुपमा नेपालको बिजुली बंगलादेश निर्यात हुन थाल्यो, भारतीय ग्रिडबाट ४० मेगावाट पठाइयो
कात्तिक ३०, २०८१ शुक्रबार