दुई तिहाइको आडमा ओली सरकार निरंकुश : सभापति देउवा
नेपालबहस संवाददाता
साउन १८, २०७६ आइतबार ३:४६:१०
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुई तिहाइको आडमा ओली सरकार निरंकुश बन्दै गएको बताएका छन् ।
मध्यपुर थिमिमा शनिबार लेखक दीपेन्द्रराज गिरीको पुस्तक विधाता कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गएको आरोप लगाए ।
प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफूमातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको उनको आरोप छ । देश र जनताको सेवामा लाग्नुपर्ने सेना, प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको गुलाम जस्तो बनाउन खोजेको देउवाले कार्यक्रममा आरोप लगाए ।
कार्यक्रममा सभापति देउवाले प्रेस स्वतन्त्रताको महत्त्वपूर्ण जग र नागरिकको महत्त्वपूर्ण अधिकार नै प्रेस भए पनि सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको आरोप लगाए । सरकारले संविधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसद्मा संघर्षरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने उनले बताए ।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको भन्दै त्यसविरुद्ध संघर्षका लागि तयार रहन निर्देशनसमेत दिएका छन् । सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै देउवाले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गरे ।
कार्यक्रममा कांग्रेस नेता विश्वप्रकाश शर्मा, गगन थापा, पूर्वसभामुख दमननाथ ढुंगाना, डा। गोविन्दराज पोखरेल, कांग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले पुस्तकको चर्चा गर्दै अब देशमा कुनै पनि प्रकारको युद्ध होइन, शान्ति र समृद्धि चाहिएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै आजपाको काठमाडौंमा प्रदर्शन
मंसिर १, २०८१ शनिबार
साधक अग्रजहरूको आदर्श जीवनचर्याबाट केही सिकौँ, केही गरौँ
मंसिर १, २०८१ शनिबार