देशैभर मौसम बदली : आगामी तीन दिन भारी वर्षाको सम्भावना
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार १३:४१:५३
काठमाडौं । नेपालका कतिपय स्थानमा आगामी तीन दिन भारी वर्षाको सम्भावना छ । अधिकांश भेगमा भने सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भागबाट नेपाल भित्रने क्रममा देखिएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार, शनिबार तराईको सिराहा, सप्तरी जनकपुर क्षेत्र तथा चितवन, भैरहवा आसपास बिहानैदेखि हल्का वर्षा भएको छ ।
त्यस्तै, पूर्वी पहाडी र पश्चिमका केही भेगमा मौसम बदलीको अवस्था छ । देशभर वर्षाको ठूलो प्रणालीको विकास भएको छैन । तर एक दुई स्थानमा भने मनसुनी वायु र स्थानीय वायुको मिश्रणले भारी वर्षाको सम्भावना देखिएको अर्यालले बताए ।
वर्षा कम हुँदा देशका उच्च, मध्यम र साना नदीमा बहाव सतर्कता तहभन्दा तल नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
उनका अनुसार, सिन्धुली, गोरखा, दाङ, रुकुम रोल्पा, लमजुङ, पाल्पा, स्याङ्जा, पश्चिम राप्ती, बबईलगायतका नदीको बहाव न्यून रहनेछ । तर त्यस आसपासका साना नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार