अमेरिकाको टेक्सासमा गोली चल्दा २० को मृत्यु, २४ जना घाइते

नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार १४:२९:४१

एजेन्सी । अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । एल पासो शहरमा भएको गोलीकाण्डमा अरु २४ जना घाइते भएका छन् ।
टेक्सासका गभर्नर ग्रेग एबोटले घटना पुष्टि गर्दै हाल सुरक्षा व्यवस्था कडा पारिएको बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राज्यको इतिहासमा यो घटना अहिलेसम्मकै भयानक मध्ये रहेको गभर्नर एबोटले बताएका छन् ।
एल पासो शहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा आम गोलीकाण्ड भएको हो । यो क्षेत्र अमेरिका–मेक्सिको सीमा क्षेत्रको नजिकै पर्छ ।
अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षका व्यक्ति पक्राउ गरेका छन् । उनी एक्लैले गोली चलाएको अनुमान छ । ती आरोपी व्यक्तिको नाम प्याट्रिक क्रुसियस रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनी डालास क्षेत्रका बासिन्दा रहेको बताइएको छ ।
स्थानीय समय अनुसार शनिबार बिहान १० बजे ‘नेपाली समय अनुसार राति पौने १० बजे’ घटना भएको प्रहरीले जनाएका छन् । आरोपितलाई पक्राउ गर्नका लागि प्रहरी अधिकारीले गोली नचलाएको स्थानीय प्रहरी प्रवक्ता रोबर्ट गोमेजले बताएका छन् ।
एल पासो प्रहरी विभागले रगतको आवश्यकता परेकाले तत्काल रक्तदान गरिनु पर्ने अपिल गर्दै ट्वीट गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना निकै दुःखद रहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पसँगको चर्काचर्की बहसपछि बेलायत पुगे जेलेन्स्की
फागुन १७, २०८१ शनिबार
गाजामा युद्धविरामको म्याद शनिबार सकिँदै, दोस्रो चरणको वार्ताको तयारी
फागुन १७, २०८१ शनिबार
ट्रम्प र जेलेन्स्कीबीचको बहसपछि विश्वमा हंगामा, युक्रेनलाई कुन देशहरूको छ समर्थन ?
फागुन १७, २०८१ शनिबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार