मुलुकभर मागअनुसार दूधको अभाव
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार १५:४१:९
काठमाडौं । डेरी उद्योगहरुले उत्पादनमा ३० प्रतिशतले कटौती गरेकाले मुलुकभर मागअनुसार दूध आपूर्ति हुन सकेको छैन ।
दूध कम उत्पादन हुने ‘लिन’ सिजनको मध्य समय पर्नु र भारतबाट स्कीम मिल्क पाउडर ‘एसएमपी’ आयात बन्द हुँदा उद्योगमा दूध अभाव भएको हो ।
दूध आपूर्ति कम हुँदा काभ्रेको पनौतिस्थित अनमोल डेरी बन्द भएको छ भने भक्तपुरको नेभा डेरीले शनिबार बजारमा दूध नै पठाउन नसकेको जनाकएको छ ।
‘एसएमपी छैन, झोल दूध पनि स्टकमा नहुने अवस्था छ, दूध आपूर्ति समयमा हुन नसक्दा शनिबार एक पोका दूध पनि बजारमा पठाउन सकिएन,’ नोभा डेरीको उत्पादक कन्ट्री फुड प्रालिका सञ्चालक दीपक खड्काले भने ।
दैनिक २५ हजार लिटरको क्षमता रहेको नोभाको उद्योगबाट १० हजार लिटरमात्र नियमित उत्पादन भइरहेकोमा त्यो पनि घटेर ६ हजार पुगेको छ । राजधानीका आसपासमा नोभाजस्ता तीन दर्जन डेरी उद्योग छन् ।
मुलुकभर २०० को संख्यामा डेरी उद्योग दर्ता भइ सञ्चालनमा छन् । करिब ३० अर्ब को लगानी रहेको निजी दुग्ध उद्योगहरुको लगानी डुब्ने खतरा रहेको भन्दै उद्योगीहरुले सरकारसँग दुग्ध आपूर्ति सहज बनाइदिन माग गरेका छन् । यो समाचार कारोबार दैनिकमा किरण आचार्यले लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार