जनावर धपाउन हानेको गोली लागेर एकको मृत्यु
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार १६:१:२
डोटी । डोटीमा गोली लागेर एक जनाको ज्यान गएको छ । आदर्श गाउँपालिका – ५ तल्लो डाडावनमा जनावर धपाउन हानेको गोली लागेर एक जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता लालबहादुर धामीले दिनुभएको जानकारी अनुसार आदर्श गाउँपालिका– ५ का ५० वर्षीय जंगे भुलले हानेको गोली लागेर यही ठाउँका १९ वर्षीय तपेश लुहारको ज्यान गएको हो ।
शनिबार राति करिब पौने ११ बजेको समयमा सलामी डाडावनमा आएका जंगली जनावर धपाउन जंगे भुलले प्रहार गरेको भरुवा बन्दुकको गोली तपेश लुहारको टाउकोमा लागेको थियो ।
यसबारे थप अनुसन्धान गर्न प्रहरी निरीक्षक कर्ण बोहोरासहितको टोली घटनास्थलतर्फ गएको प्रहरी प्रवक्ता धामीले जानकारी दिए । गोली प्रहार गर्ने जंगे भुल र उनले प्रयोग गरेको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार