शिविरमार्फत चार हजारलाई घरमै नागरिकता
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार १९:१:४०
हेटौँडा । घरदैलो सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा दुर्गम तथा ग्रामीण क्षेत्रमा शिविरमार्फत चार हजार ३७३ व्यक्तिलाई नागरिकता प्रदान गरेको छ ।
स्थानीय निकाय तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविरमार्फत महिला बालबालिका वृद्धवृद्धा अशक्त, आर्थिक अभावग्रस्त तथा पिछडिएको समुदायलाई नागरिकता प्रदान गरिएको सो कार्यालयले जनाएको छ ।
कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार पुरुषभन्दा महिलाले बढी नागरिकता लिएका छन् । शिविरमा महिलाले दुई हजार ७२१ र पुरुषले एक हजार ६५२ वटा नागरिकता लिएको बताइएको छ । आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रमा १२ पटक शिविर गरी नागरिकता वितरण गरिएको सो कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा १६ हजार ६५९ वटा नयाँ नागरिकता वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा वंशजका आधारमा १६ हजार ६१३ जनालाई नयाँ नागरिकता वितरण गरेको हो । नागरिकता प्राप्त गर्ने पुरुष सात हजार १९ जना र महिला नौ हजार ५९४ जना छन् ।
वैवाहिक अङ्गीकृत नागरिकता १६ जनाले प्राप्त गरेका छन् भने ३० जनाले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् । मकवानपुरमा गत वर्ष सात हजार ६८६ वटा प्रितिलिपि नागरिकता वितरण गरिएको प्रजिअ तामाङले जानकारी दिए ।
सेवा प्रवाहलाई जनताको घरदैलोसम्म पु¥याउने उद्देश्यले कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा विभिन्न मितिमा नागरिकता वितरण घुम्ती शिविर सञ्चालन गरिएको उनले बताए ।
जिल्लामा शान्ति सुरक्षाको विश्वसनीय र भरपर्दो सुरक्षा व्यवस्था मिलाई नागरिकको शान्ति सुरक्षा र अमनचयनको व्यवस्था पूर्णरुपमा मिलाइएको, जिल्लाको सुरक्षामा एकीकृत रणनीतिक सुरक्षा योजना तयार गरिएको र त्यसअनुसार काम गरिएको प्रजिअ तामाङले बताए।
जिल्ला सुरक्षा समितिको बैठकलाई गतिशील, नतिजामुखी र प्रभावकारी बनाउँदै जिल्ला सुरक्षा समितिको बैठक ३३ पटक स्पष्ट एजेण्डासहित सञ्चालन गरिएको उनले बताए । मकवानपुर क्षेत्रमा पर्ने राजमार्गलाई निर्वाधरुपमा सञ्चालन हुने व्यवस्था मिलाउँदै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको नियमितरुपमा निरीक्षण गरिएको उनको भनाइ छ ।
गुण्डागर्दी, सङ्गठित अपराध, जबर्जस्ती असुली, महिला हिंसालगायतका र अपराधलाई नियन्त्रणमा महत्वपूर्ण काम भएको उनको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार