मिस तीज सारी फोटो कन्टेस्ट हुँदै, फारम २३ गतेसम्म खुल्ला !
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार १९:१०:२८
ईटहरी । हिन्दु नेपाली नारीहरुको महान पर्वको रुपमा रहेको तीज नजिकिदै छ । यसैलाई मध्यनजर गरेर विभिन्न कार्यक्रम, ब्युटी प्याजेन्ट तथा फोटो कन्टेस्टहरु यतिबेला धमाधम भैरहेको छ ।
यस्तैमा तीजलाई लक्षित गरेर एक फरक कन्सेप्टमा फोटो कन्टेस्ट हुने भएको छ । ‘मिस तीज सारी क्विन २०१९’ नाम दिइएको सो कन्टेस्टको लागि फारम भर्नुपर्ने छ । शोको पूरा जानकारी तलको लिन्कमा दिइएको छ ।
परिकला मिडिया प्रालिद्वारा संचालित डिथ्री अनलाइनको आयोजनामा भएको यो कन्टेस्टमा सहभागीले फारम भरेपछि फोटोसुट र सहभागी सबैको छुट्टाछुट्टै ३ देखि ४ मिनेट सम्मको बायोग्राफी भिडियो निर्माण गरिनेछ ।
जुन फोटोलाई डिथ्री फोटोग्राफी फेसबुक पेज र भिडियोलाई सोही पेज तथा डिथ्री टिभी युट्युब च्यानलबाट सार्बजनिक गरिनेछ । सार्बजनिक तस्वीरको लाईक शेयर र भिडियोको भ्युजको आधारमा बिजेता घोषणा गरिनेछ ।
भ्युज, शेयर र लाईकको आधारमा बिजेता हुने प्रथमले विभिन्न गिफ्ट सहित नगद ५ हजार, दोश्रो हुनेले नगद ४ हजार र तेस्रो हुनेले नगद ३ हजार प्राप्त गर्नेछ भने सहभागीहरुलाई अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्सीको तर्फबाट फुल स्कलर्सिप र अस्ट्रेलिया पढ्न जान चाहेमा १ लाखसम्मको सुबिधा प्राप्त गर्ने छ ।
यो कन्टेस्टमा सहभागी हुनको लागि जम्मा २ हजार मात्र शुल्क लाग्ने छ भने यो बाहेक अतिरिक्त शुल्क नलाग्ने आयोजकले जनाएको छ । शोमा सारी लगाएर सहभागीहरुले र्याम्प वाल्क पनि गर्नेछन् ।
तीजलाई लक्षित गरिएको भएर सारी लगाएर फोटोसुट गरिनेछ भने फाईनल एक साङितिक कार्यक्रम आयोजना गरि पुरस्कार बितरण गरिनेछ । यस्तै बिजेतासँगै ‘बेस्ट फोटोजेनिक अवार्डु र ‘अर्गनाइज च्वाईस अवार्डु पनि सो फाईनल कार्यक्रममा बितरण गरिने भएको छ ।
सहभागीहरुको लागि फारम साउन २३ गतेसम्म खुल्ला गरिएको छ भने साउन २५ गते फोटोसुट र बायोग्राफी भिडियो निर्माण गरिनेछ । र २७ गते पेजमा फोटो सार्बजनिक गरिने र साउन ३१ गते बायोग्राफी भिडियो पेज तथा युट्युब च्यानलमा सार्बजनिक गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार