शनि धाम शनिदेव मन्दिर पर्यटकीय केन्द्र बन्दै
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार २२:४:४५
सप्तरी । मनमोहक दृष्यले भरिपूर्ण सप्तरीको रुपनी गाउँपालिका वडा नं ६ तेरहौतास्थित चुरे पहाडको टाकुरोमा अवस्थित शनिदेव मन्दिर अहिले धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरेन्द्र बजारबाट करीब तीन किलोमिटर उत्तरतर्फको चुरे जङ्गलको टाकुरोमा अवस्थित उक्त मन्दिरमा नेपाल र भारतका दैनिक हजारौँ धार्मिक पर्यटक आउन थालेका छन् । मर्मत–सम्भार र संरक्षणको अभावले मन्दिरको अस्तित्व सङ्कटमा पर्न थालेपछि दुई वर्षअघि नै नेपाली सेनाको सहयोगमा जीर्णोद्वार गरिएकाले पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।
रमणीय वातावरण तथा मनमोहक दृष्यले भरिपूर्ण यस स्थानमा आनन्द लिनका लागि सप्तरीको राजविराज, सिरहा, जनकपुर, मोहत्तरी, पूर्वका इटहरी, धरान तथा विराटनगरबाट समेत पर्यटक यहाँ दर्शन एवं पूजा गर्न आउने गरेको उक्त मन्दिरका पुजारी भूपेन्द्र यादवले बताएका छन् ।
भारतको पूर्णिया, अररिया, मधुवनी, शहरसालगायत स्थानबाट समेत पर्यटक यहाँ दर्शनका लागि आउने गरेकाले स्थानीय व्यवसायी पनि खुशी भएका छन् । शनि धामको नामबाट परिचित यस मन्दिरमा आएर सात शनिबारसम्म पूजापाठ गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । मन्दिरलाई अझै व्यवस्थित गर्न सकिए थप पर्यटक भित्र्याएर समग्र जिल्लाको विकास तथा समृद्धिमा टेवा पुग्नसक्ने मन्दिरका पुजारी यादवको भनाइ थियो ।
शनी र बेलको सङ्गमका साथै पूर्ण प्राकृतिक स्थलमा आठ वर्ष अगाडिदेखि त्यहाँ पूजापाठ हुँदै आएकाले त्यहाँ भक्तजनको वृद्धि हुन थालेको उनले जानकारी दिए । परिवार र सन्तानको सङ्कट निवारणका लागि भाकल गर्न र भाकल पूरा भएपछि पूजापाठ गर्न आउनेको भीड लाग्ने गरेको छ ।
दैनिक हजारौँ भक्तजनको आवागमन हुन थाले पनि मन्दिरसम्म पुग्ने बाटोको समस्या रहेकोआम भक्तजनको गुनासो थियो । पहाडको टाकुरामा रहेको मन्दिर तथा बाटोमा घेरबार गर्न नसकिएकाले दुर्घटना हुने सम्भाबना भएपनि प्राय शनिबारका दिन करीब दुई हजार ५०० पर्यटक पूजा गर्न आउने गरेको पुजारीको भनाइ छ ।
विसं २०५६ चैत महीनामा सपनामा शमीको रुख देखेर सो रुख खोजी गर्ने क्रममा मन्दिर फेला परेपछि शनि दशा लगेकालाई ग्रहशान्ति गर्न थालिएको अर्का पण्डित सत्यनारायण साहले बताए ।
त्यसपछि शमीको रुखको जराले बेल, मिरचाइ, अमरा, फूल धाप, गजहर, साधानका रुखलाई चारैतिरबाट बेरिएकाले सातवृक्षको सङ्गम स्थानमा पूजा गर्नाले शनिदशाबाट मुक्ति पाइने जनविश्वास रहेको उनले बताए ।
उक्त मन्दिरमा श्रीकृष्णा दल गणका नेपाली सेनाको सहयोग तथा जनसहभागितामा १०८ शिवलिङ र कलात्मक मूर्तिले पनि भक्तजनको ध्यान केन्द्रित गर्ने गरेको छ ।
मन्दिरमा पञ्चमुखी महादेव, रुखको फेदमा शनिको प्रतिमालगायत वरिपरि एक दर्जन मूर्ति छन् । मन्दिरको स्तरोन्नति र धार्मिक पर्यटनका रुपमा विकास गर्न उक्त गाउँपालिकाले गत वर्ष रु १० लाख विनियोजन गरेकामा रु सात लाख मात्र खर्च भएको वडा नं ६ का वडाध्यक्ष गोविन्दसिंह थापामगरले बताए ।
शनिधामको उचित विकासका साथै श्रद्धालु भक्तजनको सुविधा र सुरक्षाका लागि वडाले चाँडै आवश्यक योजना ल्याउने तयारी गरेकोसमेत उनले जानकारी दिए । त्यस्तै उक्त मन्दिरको स्तरोन्नतिका लागि प्रदेश नं २ सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा पक्की पर्खाल बनाउनका लागि रु २५ लाख रकम सहयोग गरेको उक्त गाउँपालिकाले जनाएको छ ।
वर्षा याममा त्यहाँको नदी पार गरेर मन्दिर पुग्न कठिन भएकाले झोलुगे पुलको अवश्यकता भएको भन्दै नेपाल सरकार तथा प्रदेश सरकारसँग स्थानीयवासीले माग गरेका छन् ।
हालै वर्षासँगै आएको बाढीले उक्त मन्दिरमा राखिएका शिवलिङ्ग पहिरोमा झरेको जानकारी दिँदै सो मन्दिर पुग्न एउटै नदी सात ठाउँमा घुमेर जानुपर्ने भएकाले तत्काल बाटोमा पुल निर्माण भएमा अझै पर्यटक तथा भक्तजन बढ्ने सक्ने मन्दिरका पुजारी यादवको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे
जेठ ११, २०८१ शुक्रबार
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
सरकार बनेको महिना दिन पुग्दापनि सुदूरपश्चिममा मन्त्रिपरिषद्ले किन पूर्णता पाएन ?
जेठ १२, २०८१ शनिबार
देशमा संविधान र विधिको शासन हुनुपर्दछ : पूर्वराष्ट्रपति यादव
जेठ १२, २०८१ शनिबार
पत्रकार पूर्णिमाद्वारा सगरमाथा आरोहणमा विश्व कीर्तिमान
जेठ १२, २०८१ शनिबार
भारतको सहयोगमा दाङ जिल्लामा निमार्ण गरिएको विद्यालय भवनको उद्घाटन
जेठ १२, २०८१ शनिबार
‘थाइराइड देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’
जेठ १२, २०८१ शनिबार
नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
जेठ १२, २०८१ शनिबार